कपिलवस्तु,२० पुस। होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा बाणगंगा नगरपालिका–७ स्थित खारखानी दिलपार्कमा आज व्यवसायी भेटघाट तथा वनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका नगर प्रमुख चक्रपाणि अर्याल रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिहरूमा नगर प्रवक्ता विष्णु पौडेल र वडा अध्यक्ष विष्णु गिरी रहनुभएको थियो। अतिथिका रूपमा लायन्स क्लब अफ कपिलवस्तु स्टारका अध्यक्ष सागर पोख्रेल तथा नेपाल औषधि तथा पशुपंक्षी व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष युवराज घिमिरेको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख अर्यालले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै होटल तथा पर्यटन व्यवसाय र जलस्रोतको अधिकतम उपयोगबाट मात्र देशको समग्र विकास सम्भव हुने बताउनुभयो। जिल्लाभरिका होटल तथा पर्यटन व्यवसायीहरूबीच आपसी भेटघाट, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, एकता, सहकार्य र आत्मीयता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष रविन्द्र पौडेलले जानकारी दिनुभयो। त्यसैगरी, होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तु कृष्णानगरका अध्यक्ष शिवा घिमिरेले कृष्णानगरलगायत जिल्लाभरिका व्यवसायीहरू एकजुट भएर अघि बढेमा होटल तथा पर्यटन व्यवसाय दुवै क्षेत्र अझ सशक्त रूपमा अघि बढ्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा उपस्थित व्यवसायी तथा अतिथिहरूले आपसी सहकार्य र एकताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै नाचगान तथा मनोरञ्जनात्मक गतिविधिमा समेत सहभागिता जनाएका थिए। कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णानगरका वरिष्ठ उपाध्यक्ष रोमलाल पौडेल, उपाध्यक्ष अनिल कुमार मोदनवाल, सचिव माधव न्यौपाने, प्रमुख सल्लाहकार ओम नारायण पौडेल, कोषाध्यक्ष वसन्त पौडेल, साथै कमल जिसी, देवेन्द्र जिसी, आनन्द घिमिरे, पुरुषोत्तम घिमिरे, हिरा घिमिरे, न्यू रारा टुरिज्मका अध्यक्ष किसन गिरी, महासचिव यम केसी, जन सागरमाथा टुर्स एण्ड ट्राभल्सका महासचिव तुल्सी बहादुर थापालगायत विभिन्न ट्राभल तथा पर्यटन व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।