Rashtriya Dainik

नवलपरासीमा बाख्रा र अवैध मालसामान बरामद

संजय कुशवाहा / नवलपरासी १६ फागुन

पश्चिम नवलपरासी जिल्लाको बिभिन्न स्थानबाट करीब १ लाख ७६ हजार ९ सय ७६ रूपैयाँ मुल्य बराबरको ६ वटा बाख्रा र विभिन्न अवैध मालसामान नियन्त्रण गरेको छ ।

सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो भारतबाट भन्सार छली अवैध रुपमा डोहोर्याउदै ल्याउदै गरेको अवस्थामा पाल्हिनन्दन गाँउपालिका वडा नं. १ झरहीखोला स्थितबाट नियन्त्रण गरेको हो । बाख्रा डोरीले डोहोर्याउदै ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि बाख्रा छाडि मानिस भागेको प्रहरीले जनाएको छ । नियन्त्रण भएको बाख्रा गोटा ९ हजारका दरले ५४ हजार मुल्य बराबर रहेको छ ।


त्यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा न .२ भक्सीपुर स्थितबाट भारतबाट भन्सार छली अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको ५८ हजार ९ सय ७६ रूपैयाँ मुल्य बराबरको पिकअप गाडीको गियर बक्स २ वटा र हरपट्टा सरफ १ सय २ किलो लगायतका मालसामान इलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले नियन्त्रण गरेको छ । उक्त मालसामान मोटरसाईकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस मोटरसाईकल सहित भागेका थिए ।

त्यसैगरी बर्दघाट नगरपालिका वडा न.४ त्रिवेणी चोक स्थितबाट भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको ६४ हजार मुल्य बराबरको कुर्ता सुरुवालको कपडा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रण गरेको हो ।

उक्त नियन्त्रण गरिएको मालसामान आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित