संजय कुशवाहा / नवलपरासी १८ पुष नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका २ वडाका जेष्ठ नागरिकलाई च्यवनप्राश वितरण गरिएको छ । दुई वडाका सबै जेष्ठ नागरिकहरूलाई च्यवनप्राश वितरण दीर्घायु योजना अन्तर्गत वडा नं. ४ र ६ नम्बर वडाका जेष्ठ नागरिकलाई च्वनप्राश ,अश्वगन्घा चुर्ण र दशमुल तेल प्रतापपुर आयुर्वेद शाखाले वितरण गरेको हो । बिहीबार एक कार्यक्रमका विच लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार ( सन्तु ) को प्रमुख अतिथित्तामा च्यवनप्राश ,अश्वगन्घा चुर्ण र दशमुल तेल वितरण गरिएको हो । जेष्ठ नागरिकको पोषण स्थितिलाई ख्याल राख्दै स्वास्थ्यवद्र्धक चेवनप्राश प्रतापपुर आयुर्वेद शाखाले वितरण सुरु गरेको प्रतापपुर -४ का वडाध्यक्ष जन्त्री बरईले जानकारी दिनुभयो । उहाँका अनुसार ४ सय ३० जना जेष्ठ नागरिकलाई चेवनप्राश ,अश्वगन्घा चुर्ण र दशमुल तेल वितरण गरिएको छ । साथै वडा नम्बर ६ मा ६ सय २० जना जेष्ठ नागरिकहरूलाई तन्दुरुस्त रहन तथा शारीरिको रोग प्रतिरोधक शक्ति बढाउने उदेश्यका साथै शक्तिवद्र्धक चेवनप्राश ,अश्वगन्घा चुर्ण र दशमुल तेल वितरण गरिएको वडा नं.६ का वडाध्यक्ष केशव अधिकारीले बताउनुभयो । आयुर्बेद शाखा गाउँपालिका अन्तर्गत निकै प्रभावकारी हुदै गएको साथै उक्त शाखामा दिनहुँ बिरामीहरुको चासो पनि बढदै गएको छ । विगतको केही बर्ष देखी हजारौं मानिसहरु आयुर्वेद शाखा तर्फ आकर्षित हुदै गएको देखिन्छ । आयुर्बेद शाखाले निशुल्क रुपमा विभिन्न राेगकाे आयुर्बेद अाैषधि समेत लामाे समय देखि गर्दै आएकाे आयुर्बेद शाखाका प्रमुख दिनबन्धुु मिश्राले बताउनुभएको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।