बलिउड अभिनेता अमिताभ बच्चन जो सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन्। हालै मात्र अमिताभले सामाजिक सञ्जालमा स्वास्थ्य स्थिती बिग्रिएका कारण आफ्नो शल्यक्रिया हुन लागेको बताएका छन्।
७८ वर्षीय अमिताभले लेखेका छन्, ‘स्वास्थ्य अवस्था,शल्यक्रिया। योभन्दा बढी केही लेख्न सक्दिनँ।’ यद्यपि उनी कुन रोगसँग संघर्ष गरिरहेका छन् भन्ने खुलाएका छैनन्।
उनको पोष्टमा टिप्पणी गर्दै प्रशंसकहरूले स्वास्थ्य लाभको लागि प्रार्थना गरिरहेका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, ‘सर तपाईं आफ्नो ख्याल राख्नुहोस्। छिट्टै स्वस्थ हुनुहोस्।’
गत वर्ष मात्र अमिताभ बच्चन उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्या कोरोना भाइरसबाट संक्रमित भएका थिए। उनको मुम्बईको नानावटी अस्पतालमा उपचार भएको थियो। यस समयमा उनी लगातार आफ्नो स्टाटस मार्फत स्वास्थ्य अपडेटहरू शेयर गरिरहन्थे। उनी २२ दिन अस्पतालमा रहेपछि स्वस्थ भएर घर फर्केका थिए।
अमिताभ बच्चन हालै अजय देवगन निर्देशित फिल्म ‘मे डे’ को लागि शूटिंग गर्दै थिए। यस फिल्ममा अजय देवगन, रकुल प्रीत सिंह र बोमन ईरानीको पनि महत्वपूर्ण भूमिका छ। उनको अघिल्लो फिल्म ‘गुलाबो सीताबो’ थियो उक्त फिल्म १२ जून २०२० ओटीटी प्लेटफर्ममा रिलीज भएको थियो। उनका आगामी फिल्महरूमा ‘चेहरा’ ‘झुंडु’ ‘ब्रह्मास्त्र’ र ‘बटरफ्लाई’ प्रदर्शनको तयारीमा रहेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

