राजन कुमार बानिया / पर्सा, १५ पुस पर्साको धोबिनी गाउँपालिकामा सोमबारदेखि दुई स्थानमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालनमा आएको छ। धोबिनी गाउँपालिका वडा नं. ५ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयको सभा हलमा आयोजित निःशुल्क लोकसेवा आयोग तयारी कक्षाको एक कार्यक्रमबीच वडा अध्यक्ष मनौवर मियाँले उद्घाटन गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष मियाँले अब लोकसेवा आयोगको तयारीका लागि बाहिर जानु नपर्ने बताउँदै गाउँमै नायब सुब्बा, खरदार तथा नेपाल प्रहरीका पदका लागि तयारी गरेर नाम निकाल्न र गाउँपालिकाको नाम उज्यालो बनाउन आग्रह गर्नुभयो। गाउँपालिकाका धेरै विद्यार्थी पढे–लेखेर पनि घरमै बसेको तथा कतिपय विद्यार्थीहरू बिरगंज, हेटौडा र काठमाडौंजस्ता सहरमा महँगो खर्चमा तयारी गर्न बाध्य रहेको उल्लेख गर्दै सोही अवस्थालाई मध्यनजर गरी निःशुल्क कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो। कार्यक्रममा उपाध्यक्ष प्रतिनिधि श्यामकिशोर पटेलले आगामी दिनमा उच्च शिक्षा तथा अन्य निःशुल्क सीपमूलक र लोकसेवा तयारी कक्षा पनि सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडा, वडा अध्यक्षहरू राजकिशोर पटेल र अबास मियाँ, लेखापाल शोनु कुमार सोनी, शिक्षा प्रमुख जितेन्द्र चौहान, लोकसेवा प्रशिक्षक जितेन्द्र राम र गोविन्द पटेललगायत बृजेश पटेलको उपस्थिति रहेको थियो। लोकसेवा आयोग तयारी कक्षामा दुई स्थानबाट ३५/३५ गरी कुल ७० जना विद्यार्थी सहभागी छन्। निःशुल्क लोकसेवा आयोग तयारी कक्षा राष्ट्रिय स्किल डेभलपमेन्ट प्रालि, बिरगंज तथा मधेश स्किल तालिम केन्द्र, बिरगंजको आयोजनामा सञ्चालन गरिएको हो। आयोजकका अनुसार कक्षा ६० दिनसम्म सञ्चालन हुनेछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।