Rashtriya Dainik

नेपाली कांग्रेसले कारबाहीमा परेका नेता–कार्यकर्ताको कारबाही फुकुवा, सदस्यता नवीकरणको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले विगतमा कारबाहीमा परेका सबै नेता तथा कार्यकर्ताको बाँकी कारबाही अवधि माफी दिने निर्णय गरेको छ। पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिको कारबाहीमा परेका व्यक्तिहरूको फुकुवा गर्ने निर्णय गरेको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि विगतको निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार रहेका, तिनका प्रस्तावक र समर्थक, वा उम्मेदवारलाई असहयोग गरी निष्कासन, निलम्बन वा कारबाहीमा परेका व्यक्तिहरूको पनि कारबाही फुकुवा गर्ने निर्णय गरिएको छ।


बैठकले सबैका क्रियाशील सदस्यता निरन्तर कायम राख्ने र सदस्यता नवीकरण गर्ने निर्णयसमेत गरेको छ। साथै, पार्टी छोडेका सबैलाई पुनः पार्टीमा फर्किन आह्वान गरिएको छ।
पार्टी स्रोतका अनुसार यस कदमले पार्टीमा एकता र समन्वय बढाउने, भद्र र सक्रिय राजनीतिमा सहभागी बन्न प्रेरित गर्ने उद्देश्य राखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित