राष्ट्रिय दैनिक / नवलपरासी ,१३ पुस युवा नेता र सामाजिक अभियन्ता राकेश गुप्ताले नेपाली कांग्रेसबाट आधिकारिक रूपमा राजीनामा दिएका छन्। भदौ २३ गते सामाजिक सञ्जालमार्फत आफ्नो दल त्याग गरेको घोषणा गरेका गुप्ताले पौष २ गते पार्टी इकाई सभापतिलाई औपचारिक राजीनामा बुझाएका छन्। बिद्यार्थीकालदेखि नै नेपाली बिद्यार्थी संघमा आबद्ध रहेर राजनीतिक र सामाजिक गतिविधिमा सकृय रहेका गुप्ता विभिन्न सामाजिक संघसंस्थासँग जोडिएर बालबालिका, युवा, महिला र बन्चित समुदायको सशक्तिकरणका लागि विगत दुई दशकदेखि काम गर्दै आएका छन्। जिल्ला स्तरमा उनी राजनीतिक नेता भन्दा पनि एक इमानदार समाजिक अभियन्ता र युवा उद्यमीको रूपमा परिचित छन्। राकेश गुप्ताले भने, “परिवर्तनको आशा गर्ने प्रत्येक व्यक्ति आफैँ परिवर्तन हुन आवश्यक छ। व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशको भलोका लागि मन र मत समर्पित गर्ने बेला आएको छ। युवाहरूले वैकल्पिक राजनीतिक शक्ति स्थापना गर्न एकजुट हुनुपर्छ।” यस्तै नेपाली बिद्यार्थी संघबाट प्रतिनिधित्व गर्दै पाल्ही क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा निर्वाचित सभापति निरज प्रसाद धवलले पनि पार्टी परित्याग गरेका छन्। राजनीति र समाज सेवामा सक्रिय रहेका यी युवाहरुले अब वैकल्पिक युवा शक्तिको रूपमा आफ्नो पहिचान बनाउन अग्रसर हुने बताइएको छ। स्थानीयदेखि राष्ट्रिय स्तरसम्म युवाहरूमा वैकल्पिक सोचको प्रवाह बढाउन र सामाजिक परिवर्तनका लागि उनीहरूको कदम महत्वपूर्ण मानिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।