“यज्ञ र रामलिलाले समाजमा नैतिकता र सद्गुणको विकास गर्छन्” : रास्वपा नवलपरासी सचिव अमर पाठक

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर–३, सरावलमा आयोजना भइरहेको श्री श्री १०८ हनुमान महायज्ञको अवसरमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका सचिव अमर पाठकले यज्ञ र रामलिलाको सामाजिक तथा नैतिक महत्व औँल्याएका छन्।


सचिव पाठकले भने, “हनुमान बल र बुद्धि दुबै प्रदान गर्नुहुन्छ।” उनले आफ्नो बाल्यकाल यस्तै धार्मिक तथा रमाइलो कार्यक्रममा बितेको स्मरण गर्दै महायज्ञले समाजमा धार्मिक चेतना, अनुशासन र सकारात्मक संस्कार विकास गर्न सहयोग गर्ने बताए।
कार्यक्रममा उनले महायज्ञ संचालन गरेर सरावलले उत्कृष्ट काम गरिरहेको उल्लेख गर्दै स्थानीय समुदायलाई एकजुट बनाउने महत्त्वपूर्ण भूमिका रहेको पनि बताए। त्यसै क्रममा, रास्वपातर्फबाट क्षेत्र न. २ प्रतिनिधि सभा सम्भावित उम्मेदवार हुने सम्भावनाबारे पनि चर्चा गर्नुभयो।


सचिव पाठकले यज्ञ र रामलिलाको माध्यमबाट नैतिकता, सद्गुण र सामाजिक सद्भाव विकास गर्न सबैमा आग्रह गर्दै कार्यक्रम सफल बनाउन सहयोग पुर्याउन स्थानीयवासीलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रममा भक्तजन र स्थानीयवासीको उल्लेखनीय उपस्थितिले धार्मिक आस्था र सांस्कृतिक चेतनाको प्रभाव झल्काएको आयोजकहरूले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot