पर्सा, १२ पुस बिरगंज महानगरपालिका वडा नं. ३१ बेलवामा बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम ले आफ्नो कोषबाट सञ्चालनमा रहेका विकास निर्माण कार्यहरूको स्थलगत अनुगमन गर्नुभएको छ। उपप्रमुख आलमले बेलवामा सम्पन्न सडक ढलान तथा रामजानकी मन्दिरको प्रखाल (घेराबार) निर्माण कार्यको अवलोकन गर्नुभएको हो। केही महिना अघि रामजानकी मन्दिर व्यवस्थापन समितिले उपप्रमुख आलमसमक्ष प्रखाल निर्माणको प्रस्ताव राखेपछि उहाँले उक्त कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो प्रतिबद्धता अनुसार आज प्रखाल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्। यस अवसरमा रामजानकी मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरी उपप्रमुख इम्तियाज आलमलाई प्रमुख अतिथिका रूपमा स्वागत गरेको थियो। कार्यक्रममा मन्तव्य दिँदै उपप्रमुख आलमले आफू सधैं स्थानीय जनताको साथमा रहेको उल्लेख गर्दै समाजमा आपसी सद्भाव, भाइचारा र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने बताउनुभयो। उहाँले रामजानकी मन्दिरको संरक्षण तथा विकासका लागि आवश्यक सहयोग गर्न सधैं तयार रहेको समेत स्पष्ट पार्नुभयो। कार्यक्रमको सभापतित्व पूर्व गाउँपालिका अध्यक्ष जोखन दास ले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हरि यादव, बिरगंज महानगरपालिका वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, हैदर अंसारी, शेख अमरुल हसन लगायत स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।