राजन कुमार बानिया / पर्सा, ११ पुस पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले शुक्रबार हाजिर भई कार्यभार सम्हाल्नुभएको छ। यस अवसरमा जनप्रतिनिधि तथा कर्मचारीबीच एक परिचयात्मक कार्यक्रमसमेत सम्पन्न भएको छ। कालिकामाई गाउँपालिकाको सभा हलमा आयोजित परिचयात्मक कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी बरैनले प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गमछा र फूलमाला लगाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई जनप्रतिनिधि र कर्मचारीहरूले फूलमाला तथा अबिर लगाएर गाउँपालिकामा स्वागत गरेका थिए। कार्यभार सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले कालिकामाई गाउँपालिकाको काम–कारबाही नियमसंगत रूपमा अघि बढाउने र विकासका गतिविधिले गति लिनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो। स्वागत तथा परिचयात्मक कार्यक्रममा वडा अध्यक्षहरू लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय प्रसाद गोढ, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, कृषि प्रमुख रणधिर चौरसियालगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरूको सहभागिता रहेको थियो। यसअघि कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी सरुवा भई जिराभवानी गाउँपालिका जानुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।