Rashtriya Dainik

तेस्रो सरावल अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

उमेश बि.क /नवलपरासी ,१५ फागुन

“स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने मूल नाराका साथ पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बसहिकाे खेल मैदानमा तेस्रो सरावल अध्यक्षकप फुटवल प्रतियोगिता सुरु गरिएको छ।

सरावल खेलकुद संस्थाको आयोजना एवम् स्थानीय युवा तथा खेलकुद सन्जालकाे सहअायाेजनामा एवम् सरावल गाउँपालिकाकाे सहयोगमा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु गरिएको हाे।

सरावल खेलकुद संस्थाको अध्यक्ष महेन्द्र चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको प्रतियोगितालाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले खेलकुद मानव स्वास्थ्यकाे लागि लाभदायक छ । यसले संगठित गर्नुकाे साथै अात्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलाे मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासकाे तुलनामा एउटा बिकास हाे। खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए गाउँपाकिलाको मात्रै नभई समग्र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएकाे थियाे । खेलकुद तथा खेलाडी बिकासमा सरावल गाउँपालिकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयाेग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियाे।

त्यस्तै उपाध्यक्ष उत्तमा रायले “खेलकूदको माध्यमबाट गाउँपालिकामा रहेका युवा क्लबका युवाहरुलाई क्षमता विकास गर्नेछौँ ।” युवालाई खेलकूदको माध्यमबाट अघि बढाउन हामीले यस कामको थालनी गरिसकेका छौँ ।” स्थानीयस्तरबाट दक्ष खेलाडी उत्पादन गर्न खेलकुद प्रतियोगिता अपरिहार्य भएको बताउदै सरावल गाउँपालीका क्षेत्रमा विगतमा जस्तै खेलकुद प्रतियोगितालाई आगामी दिनमा समेत निरन्तरता दिने बताउनु भएको हाे।

तेस्रो सरावल अध्यक्षकप फुटवल प्रतियोगितामा वडा नम्बर १ काे वडा अध्यक्ष भेष नरायण चाैधरी , वडा नम्बर २ का वडा अध्यक्ष सम्भु चाैधरी ,वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्र नाथ राय, जिल्ला समन्वय समिति सदस्य अाशा चाैधरी ,समाजसेवी सुखाडि प्रसाद चाैधरी लगाएतकाे सहभागीता रहेको थियाे।

उद्घाटन खेल वडा नम्बर २ ब्लु र ३ एल्लो  विच भएको हो । निकै प्रतिस्पर्धातमक रुपमा भएको खेलमा वडा नम्बर २ ले १ को विरुद्ध ४ गाेलगरी वडा नम्बर २ विजय हासिल गरेको हो । 

प्रतियोगितामा गाउँपालिका भित्रकै ८ वटा फुटवल टिमको सहभागिता रहेको छ । 

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५१ हजार साथै १८ थान ट्रयाक सुट, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद रु ३१ हजार साथै १८ थान ट्रयाक सुट, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तृतिय हुने टिमले नगद रु १५ हजार साथै १८ थान जर्सी, सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना स्थान प्राप्त गर्ने टिमले नगद रु ५ हजार संगै १८ थान जर्सी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सरावल खेलकुद संस्थाका सचिव दिपक क्षेत्रीले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित