दिपेन्द्र खत्री-फागुन १५ अर्घाखाँची –
हिन्दु धर्म रक्षा परिषद् नेपाल अर्घाखाँचीको आयोजनामा मालारानी गाउँपालीकामा वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । “धर्म संस्कृतिको रक्षा , राष्ट्रको सुरक्षा” भन्ने मुख्य नारा सहित पालीकाको २ न:वडा काे धार्मीक स्थल वेत्थला मन्दीर परीषर्मा शनिबार सम्पन्न भएकाे हाे।
उत्त कार्यक्रममा अध्यक्ष थानेश्वर फुल्देल, सचीबमा पशुपति जि•सी,काेषाध्यक्ष सीता भुसाल लगायतका समिति चयन भएका छन ।
कार्यक्रममा मनतब्य राख्दै हिन्दु धर्म रक्षा परिषद् नेपालका केन्द्रिय सदस्य भेषराज चुडांलीले हिन्दुधर्मको रक्षागर्न सबै एकजुट हुनुको बिकल्प नभएको भन्दै कानुनको भरमा मात्रै देश चल्ने नभई धर्मको आधारमा देश चलेमा छाडातन्त्रको अन्त्यहुने कुरामा जोड दिनुभयो ।

चुडांलीले पछिल्लो समय मुलुकमा नैतिक शिक्षाको संकट रहेको बताउदै परीवार र व्यक्तिमा नैतिक शिक्षाको खाँचो रहेकाले नैतिक शिक्षालाई कडाईका साथ व्यवहारमा लागुगर्न सबैलाई आग्रह समेत गर्नु भयो ।
कार्यक्रम परीषद्का मालारानी गाउँपालीका सह-काेषाध्यक्ष वावुराम खत्रीकाे अध्यक्षता, भेषराज चुडांली काे प्रमुख अतिथिमा संचालन भएकाे कार्यक्रममा स्थानीय वुद्दिजिवी थानेश्वर फुल्देलकाे स्वागत मनतब्य,रहेकाे थियाे ।कार्यक्रम काे संचालन प्रभात कुंवर गरेका थिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

