दिपेन्द्र खत्री / फागुन १५ गुल्मी ।
धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपाल को आर्थिक सहयोग र सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मी द्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउमा गठित प्रगतिशिल महिला उद्यम समुहका सदस्य द्वारा आज टोल सरसफाई कार्य सम्पन्न भएकाे छ।
उक्त समुहमा केहिदिन पहिला हेफर आधारशिला सम्पन्न भए पछी समुहका सम्पुर्ण सदस्यले सामुहिक प्रतिवद्धता गरे बमोजिम “हेफर आधारशिलाले सिकायो नयाँ ज्ञान प्रगतिशिल महिला समुहको टोल सरसफाई हाम्रो अभियान” भन्ने मुल नारा सृजित गर्दै समुहले बाग्नापे सिकेडाडा हुदै काउले सम्म मोटरबाटो आसपासको क्षेत्रमा भएका प्लास्टिक सिसा रबर लगाएत सम्पुर्ण किसिमका फोहोर सामाग्री हरू जम्मा गरि जलाउने र खाडलमा राख्ने काम सम्पन्न गरेकाे हाे।

यो परियोजना का सदस्य ले भन्छन।
याे बाख्रा संग सम्बन्धित मात्र नभई हाम्रो ब्याक्तिगत जिबन समेत परिवर्तन गरेको महसुस गरेका छौ। हामिलाई यो बिश्वास छ कि यो परियोजना लाई माध्याम बनाएर हामि हरेक सदस्य उद्यमी बन्न सक्ने साहास हामिमा पलाएको छ। साथै हामिले थप सहयोग र ज्ञान पाउने आशा समेत राखेका छौ ।

सरसफाई कार्यक्रम पछि सुरू भएको कार्यक्रममा समुहकि अध्यक्ष मिना जि सी को अध्यक्षता समुहकि कोषाअध्यक्ष संगिता जि सी को स्वागत मन्तव्य सामुदायिक सहजकर्ता विष्णु कुंवरको आतित्थ्यता सहित समुहका सबै सदस्यको उपस्थिति रहेको कार्यक्रमको संचालन समुहकि सचिव लक्ष्मी जि सी को संचालनमा सम्पन्न भएको थियाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

