रुपन्देहीको सियारी गा.पा. ६ सर्जुगन्जमा रहेको होटेल सत्कारमा भोज बहादुर चाैधरीको अध्यक्षतामा भेला बसि तदर्थ समिती गठन गरिएकाे हाे।
विभिन्न जातजातिकोहरुको बसोबास रहेको हाम्रो देसको तराई भु भाग्मा नै बढी जसो आदिबासीको रुपमा रहि आयेको थारु जातिको नाम ,थर ,भाषा भेषभुशा संस्कार रितिरिवाज परम्परा काल देखि विशिष्ट रूपमा आफ्नै मौलिकतामा रहेकोमा समय काल परिस्थिति अनुसार परिवर्तन हुँदै जादा भुमिपुत्र थारु जाती बिकासको मुल धारमा अझै पनि समाहित हुन नसकेको अर्थात् छरिएर रहेको थारु जातीको आफ्नै महत्व आफैले पहिचान गर्न र गरिमामय रुपमा आफ्नो संस्कृति भाषा पहिरन मौलिकताको जगेर्ना गर्दै यस क्षेत्रबाट यकतृत भई “थारू” जातिको बिकास संस्कृतिको संरक्षण गर्न अगाडि बद्ने र बढाउने भनी भेलाद्वारा तदर्थ समिती गठन गरिएकाे हाे। जसकाे अध्यक्षमा राजेन्द्र चौधरी ,उपाध्यक्षमा रमा चौधरी ,सचीव मिना चौधरी ,कोषाधक्ष घन्श्याम चौधरी ,सदस्यमा शिव नारायण चौधरी
गिता चौधरु, मङल चौधरि चयन हुनुभयेको छ ।
भेला कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभासद सदस्य माननीय पुस्पा चौधरी
बिशिस्ट अतिथि नेपाल कानुन व्यवसायिका संघका अध्यक्ष एवं अधिवक्ता प्रदिप कुमार यादब ,विशिष्ट अतिथिमै बार एसोसिएसनका केन्द्रिय पार्सद एवम अधिवक्ता सुनिल त्रिपाठि रहेको कार्यक्रमकाे सन्चालक राजेन्द्र चौधरीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

