उमेश बि.क / नवलपरासी , १४ फाल्गुन
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मंगलापुरमा काेभिड १९ ले बालबालिकाकाे शिक्षामा पारेको मानसिक असरबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
एबिसि नेपालीको अायाेजना ,स्ट्राेम फाउन्डेसनकाे सहयोग तथा सरावल गाउँपालिकाकाे समन्वयमा कार्यपालिका सदस्य जन्तिरा सहानीकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी प्रमुख अातिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हाे।

कार्यक्रममा वडा नम्बर ४ वडा अध्यक्ष छाेटेलाल यादव ,वडा सदस्य सुर्य नारायण यादव ,कालिका सम्बाद सहायोग समिती अध्यक्ष सुखाडि प्रसाद चौधरी , सस्कृती सम्बाद सहयोग समिति अध्यक्ष आयोध्या यादव , खुशी सम्बाद सहयोग समिती अध्यक्ष सलिम राइन ,बालिका समृद्धि सम्बाद सहयोग समिति सदस्य साकिर आलि शेख ,एकता सम्बाद सहयोग समिति अध्यक्ष सुबास गुप्ता , प्रहरी चौकी गोबरहिया इन्चार्ज एलबि सेन्चुरी,प्रहरी हवल्दार लोक बहादुर थापा,स्वास्थ चौकी निमित्त प्रमुख कुशुम भट्टराई लगाएत ४१ जनाको सहभागीता रहेको एबिसि नेपालकि सहजकर्ता साइदा नेसाले जानकारी दिनुभएको हाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

