Rashtriya Dainik

पर्साको छीपहरमाई गाउँपालिकामा विद्यालय बन्द गरी दलीय कार्यक्रम

अर्जुन शाह / फाल्गुन १४ / वीरगन्ज

पर्सा जिल्लाको छीपहरमाई गाउँपालिकामा अवस्थित नवगावा माध्यमिक विद्यालय चार गाहामा विद्यालय बन्द गरी दलीय कार्यक्रम गरिएको छ।

विद्यालय शान्त्रि क्षेत्र घोषणा भएको धेरै वर्ष बिति सक्यो । घोषणाताका प्रमुख राजनैतिक दलका जिम्मेवार तहका नेताहरुले नै उक्त घोषणा कार्यान्वयनमा प्रतिवद्धता जनाए ।यद्यपी पछिल्लो पटक पर्सामा विद्यालय विदा गरी आयोजना गरिएको दलिय कार्यक्रमले शान्ति क्षेत्र कार्यान्वयनमा पूनः एकपटक बहसको वातावरण सीर्जना गराएको छ ।

शुक्रबार नत कुनै सार्वजनिक विदा नै थियो । यद्यपी पर्सा जिल्लाको छीपहरमाई गाउँपालिमा रहेको नवगावा माध्यमिक विद्यालय चार गाहा विदा दिइयो ।

पूर्व जानकारी पनि गराइएको थिएन् विद्यालय विदाको बारेमा । विद्यार्थी विद्यालय त पुगे अनि छुट्टी भनियो । कारण एउटै थियो । स्कुल हातामा दलीय कार्यक्रमको आयोजना ।कार्यक्रमको तयारीका लागि भनेर स्कुलको पठन पाठन बन्द गराइयो ।  किताब बोकी स्कुल पुगेका विद्यार्थी छुट्टी भएसँगै विद्यालय हातामा भौतारिरहे त काेहि घर फर्के।

दलीय झण्डा विद्यालयमा फहराइ रहेका थिए ।विद्यालय छुट्टी दिइयो , पढाइ भएन , नेता आउने अरे भनेर सुनाउँदै थिए विद्यार्थीहरु ।

छीपहरमाई गाउँपालिकाकाे चारगाहामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), छिफहरमाई गापा कमिटीद्वारा आयोजना गरिएको अगुवा नेता तथा कार्यकर्ता भेला तथा बृहत पार्टी प्रवेश कार्यक्रम भएका कारण विद्यालय बन्द गरिएको हाे।

विद्यालयमा पाटिगत क्रियाकलाप गर्न नपाइने भएनि पाटिगत दबावमा विद्यालय बन्द गरिएको साेहि विद्यालयका विद्यार्थी रिभा यादब बताएकी हुन ।

प्रधनाध्यापाक अमिन अंसारीले विद्यार्थीहरुलाई कुनै सुचनाबिना पाटिगत क्रियाकलापकाे लागि विद्यालय बन्द गरेकाे विद्यार्थीहरुले गुनासो ब्यक्त गरेका हुन ।

विदाबारे विद्यार्थीहरु थाहा नभएको र विद्यालय अाउदा पार्टी कार्यक्रमकाे लागि विद्यालय बन्द गरिएको विद्यार्थीहरुले अाप्ति जनाएका हुन ।

विद्यालय वन्दबारे स्थानिय अगुवा रामापुकार यादबले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुन्दर साहसंग कुरा गर्दा उहाँले जवाबमा गाउँमा पार्टी प्रबेश कार्यक्रम भएकोले विद्यार्थी कम आएकोले विद्यालय बन्द गरिएको बताउनु भएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित