Rashtriya Dainik

डा बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने

काठमाडौ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान विघटनको निर्णय असंवैधानिक भनेर फैसला गरेपछि अब नयाँ सरकार गठनको लागि छलफल सुरु भएको छ । आन्दोलनरत नेकपाका प्रचण्ड नेपाल समुहले सरकार गठनको लागि सबै पार्टीका नेताहरुसंग छलफल सुरु गरेका हुन् । यसै क्रममा प्रचण्ड माधव नेपालले बुढानिलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई भेटेर प्रधानमन्त्रीको अफर गरेको समाचार सार्वजनिक भएको छ ।

नेताहरुसंगको छलफल पछि देउवाले आफ्नो पार्टीमा पनि त्यसवारे छलफल गरेका छन् । विहिवार भएको छलफलमा न्ेपाली कांग्रेसले प्रचण्ड नेपालले चाहे भन्दा विपरित निष्कर्ष निकालेको छ । कांग्रेसले अहिले नै सत्ता समिकरणका बारेमा छलफल गर्न नहुने निष्कर्ष बैठकले निकालेको छ । नेकपा कै विवाद समाधान नभएका कारण अगाडीको राजनीतिक घटनाक्रम कसरी जान्छ भन्ने थाहा नभएको बेलामा सत्ता समिकरणका बारेमा छलफल गर्नु हतार हुने निष्कर्ष कांग्रेसले गरेको छ ।

त्यसपछि नेकपाको प्रचण्ड माधव समुहले विहिवार नै पेरिसडाँडामा जसपाका नेताहरुसंग पनि छलफल गरेका छन् । सो छलफलमा जसपाका नेताहरुले नेकपाको विवाद समधान गर्न सुझाव दिएका थिए । उनीहरुले नेकपा पार्टी माथि नै प्रश्न उठाउँदै तपाईहरुको पार्टी कुन हो ? भनेर प्रश्न गरेका थिए । सो छलफल पछि जसपाका राजेन्द्र महतोले आफ्ना पार्टीका संयोजक डा बाबुराम भट्टराई पनि प्रधानमन्त्री हुनसक्ने संकेत गरेका छन् ।

नेकपाको किचलोले कांग्रेसबाट शेरबहादुर देउवाका साथै जसपाबाट बाबुराम भट्टराईको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको छ । सोही कुरालाई लिएर एक अनलाईनले उनीसंग बाबुराम प्रधानमन्त्री हुने सम्भावनाका बारेमा प्रश्न गरेको थियो । उनले अब बन्ने समिकरण कस्तो हुन्छ त्यसमा आफ्नो पार्टीको पनि भूमिका रहने भन्दै डा भट्टराई पनि प्रधानमन्त्री हुनसक्ने सम्भावना देखाएका छन् । डा भट्टराई प्रधानमन्त्री हुने सम्भावना कत्तिको छ ? भनेर गरिएको प्रश्नमा उनले भने, हुनसक्छ नि के छ र। अब कस्तो शक्ति समीकरण बन्छ, के बन्छ त्यो त थाहा भएनन नि त। हाम्रो भूमिका कुन बेला कहाँ के देखिन्छ। यतिबेला पार्टीले आवश्यक निर्णय गर्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित