डेमोक्रेसी नेपाल ड्ट कम का सम्पादक होम प्रसाद आचार्य लाई घोडाघोडी नगरपालिका वार्ड न.२का वडा अध्यक्ष हरि बिस्ट ले समाचार रिपोर्टको बिषयलाई लिएर कुटपिट गर्ने र क्यामरा माइक तोडफोड गर्ने धम्की दिएका छ्न।कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वार्ड न २ आस्था नगर शिबिर लगाएत वडाका अन्य ठाउमा पुरानो पुर्जा वाला जग्गा धनी लाई बर्ग मिटर सहितको आउने गरि पुर्जा नयाँ दिने र सो नाप्न को लागि जसको जति कित्ता जग्गा भएअपनी समान तीन हजार तिर्नु पर्ने र अनिवार्य नाप्नै पर्ने भनी वडा अध्यक्षले दशरथ माबी को सभाहलमा स्थानीयको भेला नै गरि उर्दी नै जारी गरेको र कतिपयले मनोमानी ढंगले रकम समेत उठाएको भनी सुचना आएपछि सो सम्बन्धमा स्थलगत रुपमा नै गइ स्थानीय को गुनासो र उनिहरुको आवाज सम्बन्धि भिडियो रिपोर्ट र स्वम वडा अध्यक्षको समेत लाई पनि सो सम्बन्धमा बुझी उनको समेत धारणा लिएर सामाग्री प्रसारण गरको र सो प्रसारण पछि एक्कासि फोन गरेर त पत्रकार होस कि को होस मेरो अनुमती बिना किन भिडियो प्रसारण गरेको म को हु चिनेको छैनस तेरो क्यामरा र माइक फुटाइदिन्छु र तिम्रो कुटपिट गर्छु भनी धमकाएको अडियो सार्वजनिक भएको हो
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

