संजय कुशवाहा / नवलपरासी १४ फागुन
पश्चिम नवलपरासी जिल्लाको बिभिन्न स्थानबाट करीब ५ लाख ७७ हजार ७ सय १० रूपैयाँ मुल्य बराबर अवैध मालसामान नियन्त्रण गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी मातहत वि.ओ.पि.हरपुर , वि.ओ.पि.भुजहवा, वि.ओ.पि.गुठिप्रसौनी र अस्थायी सुरक्षा बेश रगरगंजबाट जिल्ला पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा न.७ उजैनी , पाल्हिनन्दन गाउँपालिका वडा न.२ मुडेरा, ६ पडरी , सरावल गाउँपालिका वडा न. ७ गणेशपुर र भटौलिया, प्रतापपुर गाउँपालिका वडा न .५ मटरा ईलाकाहरुमा खटिई गएको मोवाईल तथा पैदल गस्ति टोलिले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको ४ लाख ४२ हजार ७ सय १० रूपैयाँ मुल्य बराबरको किराना सामान, लत्ताकपडा, मोवाईल तथा मोबाईल पार्टसहरु, कस्मेटिक प्रोडक्ट्स, अटोमोवाईल पार्टसहरु नियन्त्रण गरी आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको छ ।
त्यसैगरी सुस्ता गाउँपालिका वडा न. ५ बनकट्टि स्थित भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा अन्दाजी १ लाख ३५ हजार मुल्य बराबरको १ सय ६५ गोटा ( ५ सय के.जी ) ब्रोईलर कुखुरा नियन्त्रण गरी स्थानिय प्रतिनिधी एवं स्थानिय बासिन्दाहरुको रोहबरमा खाडल खनि नष्ट गरीएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

