तुलसी राम पौडेल फर्साटिकर, मंसिर ६ रुपन्देहीको शुद्वोदन गाउँपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसको २१ औं क्याम्पस सभा तथा वार्षिक उत्सव समारोह शुक्रबार सम्पन्न भयो । शुद्वोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले क्याम्पस सभाको उद्वाटन गर्नुभयो ।सो अवसरमा बोल्दै उहाँले क्याम्पसलाई आर्थिक सहयोग गर्ने इच्छा हुँदा हुँदै पनि सरकारको नितिको कारणले सहयोग गर्न नसकिएको बताउनु भयो ।कार्यक्रम क्याम्पस संचालक समितिका अध्यक्ष सोमनाथ शर्माको अध्यक्षता तथा शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । क्याम्पस सभामा लुम्बिनी प्रदेशमै प्रथम हुन सफल विद्यार्थी आकृति उपाध्याय र उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियोे । त्यसै गरि क्याम्पसमा आफ्नो विषयमा १००% नतिजा हासिल गराउन सफल प्राध्यापकहरुलाई समेत पुरस्कृत गरिएको थियो । क्याम्पस प्रमुख टंक प्रसाद पौडेलले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने क्याम्पस संचालक समिति सदस्य बिक्रम टण्डनबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियोे । क्याम्पस प्राविधिक सदस्य कैलास चन्द ज्ञवालीको स्वागत मन्तव्य तथा सहायक क्याम्पस प्रमुख भेषराज ढकालको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं , यज्ञोदय क्याम्पस प्राध्यापक संघका सभापति माधव नेपाल ,यज्ञोदय क्याम्पस स्ववियु सभापति आदेश राना र नेपाली काङ्ग्रेस शुद्वोदनका सभापति दामोदर पौडेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।