Rashtriya Dainik

नवनिर्मित डिह मन्दिरको उदघाटन

उमेश बि.क / नवलपरासी ,१३ फाल्गुन

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ फुलबरीया नवनिर्मित डिह मन्दिरको उदघाटन गरिएको छ ।

बिहीबार एक कार्यक्रम बिच सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले मन्दिरको उदघाटन गर्नुभएको हो ।

डिह मन्दिर निर्माण समिति अध्यक्ष नन्दलाल राजभरकाे अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख अाथिथ्यतामा भएको मन्दिरको उदघाटन समारोहमा बाेल्दै अध्यक्ष चाैधरीले नेपाल कला संस्कृति, ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यतामा बिश्वमै उदाहरणीय भएकाले पुराना मठ मन्दिर, कलाँ संस्कृति र सम्पदाका संरक्षण र प्रवद्धनमा लाग्नुपर्ने बताउनुभयो । फुलबरीया गाउँबासीले राम्रो काम गरेको बताउदै मन्दिर बिकासकाे लागि गाउँपालिकाबाट सहयोग गर्ने बताउदै यस्तो पूण्य भूमिमा यस्तो मन्दिर बनिनु सराहनीय काम भएको भन्दै आगामी दिनमा जनताकै चाहना अनुसार विकासको कामहरुलाई गति दिने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको हाे।

मन्दिर समुदघाटन समारोहमा वडा नम्बर ५ वडा अध्यक्ष दिनेश सहानि ,वडा सदस्य सुधव सहानि ,समाजसेवी हरिलाल रामचन्द्र राजभर तथा राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उमेश कुमार बि.क लगाएतले बाेल्नु भएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित