बिनोद निगम / नवलपरासी २७ कात्तिक पश्चिक नवलपरासीमा सवारी दुर्घटनामा एक बालकको मृत्यु भएपछि बस चालकलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ करिब ५:३० बजे सुनवल नगरपालिका – ६ तिलकाना गाउँस्थित भित्रीबाटोको चोकमा द पायनियर इङ्लिस बोर्डिङ स्कुलको लु १ ख २६६९ नम्बरको स्कुल बसले ठक्कर दिँदा सुनवल – ४ निवासी सन्तोष कहारका ४ वर्षीय छोरा शुभम् कहार गम्भीर घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि लगिएको भए पनि उपचारको क्रममा सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बस चालक सुनवल-३ निवासी ५२ वर्षीय गोपाल परियारलाई प्रहरीले नियन्त्रणमा लिएर आज बिहीबार २७ गते अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।