नवलपरासी, २६ कार्तिक – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको लागि संर्घष जारी राख्नुपर्ने बताएको छ । पार्टीको बर्दघाट नगर संगठन समितिको आयोजनामा बर्दघाट–४ बसपार्कस्थित हरियाली नगरमा बुधवार सम्पन्न श्रद्धाञ्जलीसभामा पार्टीका युवा नेता समेत रहेका बैकल्पिक केन्द्रीय सदस्य रवि पाण्डेयले वर्तमान दलाल ब्यवस्थामा जनताका दुःख उस्तै रहेकाले अझै संर्घष जारी राख्नुपर्ने औल्याए । जिल्ला सेक्रेटरी पाण्डेयले ९४ बर्षीय कृष्णमाया पोखरेलको निधन भएको सातौ दिनमा संक्षिप्त शोक मन्तब्य राख्दै मान्छे जन्मेपछि मृत्यु अवश्यमभावी भएपनि मृत्युले मान्छेलाई पीडा दिने र उक्त पीडालाई शक्तिमा बदल्न मृतकको कृति सम्झेर प्रेरणा आर्जन गर्नुपर्ने बताए । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बर्दघाट नगर सदस्य तथा राष्ट्रिय उद्योग ब्यापार महासंघ नेपाल नवलपरासीका संयोजक प्रेम पोखरेलको आमा, शुभेच्छुक बिष्णुमाया पोखरेलको सासु आमा कृष्णमायाका ५ छोरा ५ छोरी ४७ नातिनातिना र ३० बढी पनाति पनानितीलगायत छन् । कार्यक्रममा पार्टीको जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरी, क्रान्तिकारी संयुक्त मोर्चा नेपाल नवलपरासीका संयोजक चुडामणी भण्डारी , क्रान्तिकारी युवा संघ नेपालका जिल्ला संयोजक राम प्रसाद अर्गेजा, क्रान्तिकारी किसान महासंघ नेपाल नवलवपरासीका संयोजक रामचन्द्र पोखरेल, क्रान्तिकारी टे«ड युनियन महासंघ नेपालका जिल्ला सहसंयोजक लालु गिरीलगायत सहभागी थिए । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बर्दघाट नगर संयोजक समेत रहेका क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय सदस्य ज्ञानबहादुर केसीले कार्यक्रमको अध्यक्षता एंव संचालन गरे । सो अवसरमा कृष्णमायाकी छोरी माया क्षेत्रीलाई पार्टीका प्रतिनिधिहरुले शोक पत्र सहितको तस्बीर हस्तान्तरण गरेका थिए । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।