राष्ट्रिय दैनिक / नवलपरासी ,२६ कार्तिक जनमत पार्टी नवलपरासीमा आज औपचारिक समारोहबीच जिल्ला इन्चार्जको जिम्मेवारी हस्तान्तरण गरिएको छ। ढाई बर्ष पहिल्यै जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनुभएका कृष्ण कान्त चौधरीले कार्तिक २६ गतेका दिन नवनियुक्त जिल्ला इन्चार्ज सन्तोष गिरीलाई पदभार हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमको अध्यक्षता कृष्ण कान्त चौधरीले गर्नुभएको थियो भने जनमत पार्टीका केन्द्रीय सचिव बाल गोबिन्द चौधरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा केन्द्रीय सदस्यहरू श्रीराम यादव, शैलेश कुमार चौधरी, कैलाश गुप्ता, लुम्बिनी प्रदेश उपाध्यक्ष कन्हैया चौधरी, जनमत पार्टी पाल्हिनन्दन गाउँपालिका अध्यक्ष चन्दु चौहान र रामग्राम इन्चार्ज रामभवन सहानी लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो। वक्ताहरूले पूर्व इन्चार्ज कृष्ण कान्त चौधरीले ढाई वर्षको कार्यकालमा जिल्लाभर संगठन सुदृढीकरण, पार्टी विस्तार र जनसम्पर्क सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उच्च प्रशंसा गर्नुभयो। उहाँलाई सो अवसरमा सम्मानपत्र सहित विशेष सम्मान गरिएको थियो। नवनियुक्त जिल्ला इन्चार्ज सन्तोष गिरीले पार्टीलाई अझ सुदृढ बनाउने, स्थानीय तहसम्म संगठन विस्तार गर्ने र जनमत पार्टीको आदर्शलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रम जनमत पार्टी नवलपरासी जिल्ला कार्यालय, शान्तिचौर परासीमा सम्पन्न भएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।