काठमाडौं ,२५ कार्तिक । लोकप्रिय अभिनेत्री रिमा विश्वकर्मा राजनीतिमा प्रवेश गरेकी छन् । ऊर्जामन्त्री कुलमान घिसिङले गठन गर्न लागेको ‘उज्यालो नेपाल’ पार्टीमा उनी समेत आबद्ध भएकी हुन् । प्रस्तावित ५१ सदस्यीय केन्द्रीय समितिमा रिमाको पनि नाम समावेश गरिएको छ । रिमा पहिलोपटक कुनै राजनीतिक दलमा आबद्ध भएकी हुन्। अभिनय, मोडलिङ र टेलिभिजन प्रस्तोताको रूपमा लामो समयदेखि सक्रिय रहेकी उनी पछिल्लो समय विभिन्न रियालिटी शोका निर्णायकका रूपमा पनि चर्चित छिन् । उज्यालो नेपाल पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यको विवरण अद्यावधिक भएको छ । पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण अद्यावधिक गरिएको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।