स्वाधीन संयुक्त सरकारको माग गर्दै जनभेटघाट सम्पन्न

नवलपरासी ः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ । सोही क्रममा पार्टीले स्वाधीन संयुक्त सरकारको माग गर्दै नवलपरासीको बर्दघाटस्थित दाउन्नेदेवी क्षेत्रको गाउँघरमा जनभेटघाट सम्पन्न गरेको छ ।
पार्टीले संसदीय ब्यवस्था दलाल तथा भष्ट्रहरुको ब्यवस्था रहेको चर्चा गर्दै भष्ट्रचारको अन्त्यका लागि यो ब्यवस्थाको अन्त्य हुनुपर्ने बताएको हो । दाउन्नेदेवी क्षेत्र बर्दघाट नगरपालिकाको १४,१५ र १६ नम्बर वडा पर्दछ ।
सो अवसरमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले बर्तमान संसदीय ब्यवस्था असफल भइसकेको बताउदै त्यसको बिकल्पमा देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी,जनवादी तथा वामपन्थी शक्तिका बीच राष्ट्रिय राजनैतिक सम्मेलनमार्फत संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउन आवश्यक रहेको बताए ।
जनभेटघाटको क्रममा पार्टीका जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले जनसम्बन्ध विस्तार अभियान र भष्ट्रचार बिरोधी अभियानको चर्चा गर्दै स्वाधीन संयुक्त सरकारका लागि पार्टीले आन्दोलन उठाउने जानकारी दिए ।
पार्टीका बर्दघाट नगर संयोजक ज्ञान बहादुर केसीले १६ वटा वडा मध्ये तत्काल तीनवटा वडामा संगठन विस्तार तथा सुदृढीकरणको कामलाई ब्यवस्थित गर्न योजना समेत निर्माण भएको बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot