रावण वधपछि हात्तिवनमा रामलिलाको भव्य समापन, गाउँभर जयश्रीरामका जयघोष

राष्ट्रिय दैनिक /नवलपरासी,२५ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ हात्तिवनमा विगत केही दिनदेखि मञ्चन हुँदै आएको भगवान श्रीरामचन्द्रको जीवनकथामाथि आधारित रामलिला नाटक सोमबार भव्य रूपमा समापन गरिएको छ।

सोमबारको मञ्चनमा रावणको मृत्यु (वध) दृश्य प्रस्तुत गरिँदै रामलिलाको समापन गरिएको हो। दिनभर चलेको प्रस्तुतिमा स्थानीय कलाकारहरूको अभिनय, भक्ति र जनसहभागिताले गाउँमा उत्सवमय वातावरण सिर्जना गरेको थियो।

कार्यक्रमको अध्यक्षता मनाेज चौधरी र निर्देशन छेदी प्रसाद चौधरीले गरेका थिए।
रामलिलाका मुख्य पात्रहरूमा राजा दशरथ : अशोक पाण्डेय ,राम : जंग बहादुर चौधरी ,लक्ष्मण : शम्भु चौधरी ,सीता : वुल्लु चौधरी ,रावण : भिखारी चौधरी ,मन्त्री : हरि नारायण चौधरी लगाएत कलाकारहरूको जीवन्त अभिनय, संवाद र भावनाले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो। रावण वधको दृश्य मञ्चन गर्दा दर्शकहरू ताली, नाराबाजी र “जय श्रीराम” का जयघोषसँगै उभिएर ताली बजाएका थिए।

केही वर्षअघि हराउँदै गएको हात्तिवनको यो मौलिक रामलिला यसपालि पुनः सुरु भएपछि गाउँलेहरूमा उत्साहको लहर छ। युवादेखि बृद्धसम्म सबैले सहभागी भएर आफ्ना पुर्खाको परम्परालाई जोगाउने अभियानलाई बल दिएको देखिन्छ।

स्थानीय बासिन्दा हरिकृष्ण चौधरीका अनुसार,
“हात्तिवनको रामलिला हाम्रो आस्थाको केन्द्र हो, यसले गाउँको एकता र संस्कृतिलाई पुनः जीवित बनाएको छ।”

रामलिलाको अन्तिम दिनमा हात्तिवनसहित सरावल, गाेबरहिया ,मंगलापुर,ललितपुर ,बडसार ,मझाैनी लगाएत क्षेत्रबाट सयौँ दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रावण वधपछि मञ्चमा शान्ति पूजा गरी रामराज्यको सन्देशसहित समापन गरिएको हो।

हात्तिवनको रामलिला केवल धार्मिक नाटक होइन — यो गाउँको इतिहास, आस्था र संस्कृतिको पुनर्जागरणको प्रतीक बनेको छ।
रावण वधसँगै यो वर्षको रामलिला सम्पन्न भए पनि गाउँलेहरूको उत्साह भने अझै उच्च छ।

स्थानीयहरूको भनाइमा —“अर्को वर्ष अझ भव्य रूपमा गर्ने हो, हात्तिवनको रामलिला हाम्रो गौरव हो।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot