राजन कुमार बानिया /पर्सा,२५ कार्तिक नेकपा (एमाले) छिपहरमाई गाउँपालिका कमिटीद्वारा आयोजित भव्य र स्तरीय जनसभामा पूर्वमन्त्री राजकुमार गुप्ताले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको उच्च प्रशंसा गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गुप्ताले भने, “केपी ओली कुनै साधारण नाम होइन, उहाँ एक ब्रान्ड हो — विकास, राष्ट्रवाद र स्वाभिमानको प्रतीक।” उहाँका अनुसार ओलीकै नेतृत्वमा देशले स्थायित्व, भौतिक पूर्वाधार विकास र राष्ट्रिय पहिचानमा नयाँ उचाइ हासिल गरेको छ। पूर्वमन्त्री गुप्ताले जनतालाई भ्रममा पार्ने, तोडफोड र आगजनीमा संलग्न समूहहरूबाट सचेत रहन आग्रह गर्दै भने, “एमाले जनताको पार्टी हो, यसले कहिल्यै देश र जनताका हितविरुद्ध काम गर्दैन।” उहाँले थपे, “गाउँदेखि केन्द्रसम्म संगठनलाई सुदृढ बनाउँदै केपी ओलीको हात बलियो बनाउनुपर्छ। देशको विकासको सपना पूरा गर्न ओलीकै नेतृत्व अपरिहार्य छ।” कार्यक्रममा एमाले केन्द्रीय सदस्य अरविन्द सिंह, पूर्व प्रदेश सांसद प्रह्लाद गिरी, गाउँपालिका अध्यक्ष मनोज गुप्ता, मधेस प्रदेश कमिटी सदस्य वीरेन्द्र यादव, सलाउदिन अहमद, जिल्ला कमिटी सदस्य कालु दादा, कृष्णा कुशवाहा लगायत स्थानीय तहका जनप्रतिनिधि, बुद्धिजीवी, महिला तथा युवा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले नेकपा (एमाले) नेतृत्वको सरकारले मात्र देशलाई राजनीतिक स्थायित्व, आर्थिक प्रगति र राष्ट्रिय एकताको बाटोमा अघि बढाउन सक्ने विश्वास व्यक्त गरे। सभाको अन्त्यमा सहभागीहरूले केपी ओली र नेकपा (एमाले) प्रती समर्थन व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन एकताबद्ध भएर अघि बढ्ने प्रतिज्ञा गरेका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।