पृथ्वीचन्द्र अस्पतालमा करोडौँको अनियमितता, आन्तरिक अनुसन्धान सुरु

राष्ट्रिय दैनिक /नवलपरासी, कात्तिक २५

पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा करोडौँ रुपैयाँ बराबरको अनियमितता भएको आरोप सार्वजनिक भएपछि अस्पताल प्रशासनले आन्तरिक अनुसन्धान सुरु गरेको छ।

अस्पतालका अनुसार विगतका व्यवस्थापन र प्रशासनिक नेतृत्वकालमा भएका वित्तीय अनियमितता र योजना कार्यान्वयनमा देखिएका त्रुटिहरूका विषयमा सत्य तथ्य पत्ता लगाउन विशेष समिति गठन गरी अनुसन्धान अघि बढाइएको हो।

अस्पतालका कनिष्ठ कर्मचारीहरूले लिफ्ट, एक्स–रे, औषधि खरिद र स्वास्थ्य बीमासम्बन्धी योजनामा व्यापक अनियमितता भएको आरोप लगाएका छन्।

१४ करोड रुपैयाँ लागतको नयाँ भवन हस्तान्तरण गर्दा लिफ्ट सञ्चालनमा नरहेको अवस्थामा पनि ठेकेदार कम्पनीलाई करिब २ करोड रुपैयाँ भुक्तानी दिइएको आरोप छ।
त्यस्तै, करिब ६० लाख रुपैयाँ बराबरको अत्याधुनिक एक्स–रे मेसिन समेत सञ्चालनमा नआएको र मर्मतका लागि पुनः लाखौँ खर्च गर्नुपर्ने अवस्था रहेको कर्मचारीहरूले बताएका छन्।

स्वास्थ्य बीमासँग सम्बन्धित ४१ लाख रुपैयाँको माग नै नगरिएको र ३१ लाख बराबरको औषधि खरिदमा प्रक्रिया अपूर्ण भएकाले भुक्तानी रोकिएको अस्पताल स्रोतले जनाएको छ।
अस्पतालका लेखापाल लल्लन कुर्मीका अनुसार, “विमा सफ्टवेयर बिग्रँदा ४१ लाख रुपैयाँको हिसाब देखिँदैन, जसले सेवा प्रवाहमा समस्या ल्याएको छ।”

यी घटनाहरू तत्कालीन अध्यक्ष महेन्द्र गुप्ता, मेडिकल सुपरिन्टेन्डेन्ट डा. नुरुल होदा र नासु गोविन्द ज्ञवालीको कार्यकालमा भएको कर्मचारीहरूको दाबी छ।
हाल अध्यक्ष जगदीश चौधरीका अनुसार, “लिफ्ट सञ्चालन नहुनुको कारण ठेकेदारले पेटीमा काम दिँदा आवश्यक उपकरण जडान नगरिएको हो, अब मर्मत खर्च अस्पतालकै जिम्मामा पर्ने सम्भावना छ।”
हाल अस्पतालमा १२ जना विशेषज्ञ चिकित्सक कार्यरत छन्। सर्जरी सेवाको दायरा बढे पनि नर्सिङ, ओटी र पारामेडिक्स स्टाफ अभावका कारण सर्जरीपश्चात सेवामा चुनौती बढेको अस्पतालले जनाएको छ।
दैनिक ४ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
कर्मचारीहरूले ठूला रकमको अनियमिततामा संलग्नहरूलाई कानूनी कारबाही गर्न र अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot