Rashtriya Dainik

एनआरएनए अमेरीकामा युवा सहभागीता बढाउन सचिव पदमा खनालकाे उम्मेदवारी

विगत १२ बर्ष देखि अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोर शहरलाई आफ्नो कर्म थलो बनाउदै आएका अनुप खनाल यस पटकको एनआरएनए अमेरीकाको सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल ,काठमाण्डौमा जन्मेका अनुप खनाल मेरिल्याड च्याप्टर मा बोर्ड सदस्य हुदै र एनआरएनए अमेरिकाको स्टुडेन्ट टास्क फोर्स को संह-संयोजक भएर विभिन्न नेपाली समुदायहरु सगँ काम गरी उनले आपनो कार्यक्षमता देखाइसकेका छन्। उनले अमेरीकामा आपतमा परेका नेपालीसमुदाय र नेपाली बिधार्थीहरुलाई आफुले सधैँ सहयोग गरेको र सुमदायको हकहित सम्बधित काम गर्न आफू कहिल्यै पछि नहट्ने प्रतिवधता समेत गरेका छन्।

“एनआरएनए अमेरिकाकालाई बहुसंख्यक नेपाली र युवाहरुको हितमा केन्द्रित हुने संस्था बनाउने अभियानमा सघाउने अभिप्रायले सचिव पदमा उम्मेदवारी दिएको र दोश्रोपुस्ताहरु लाई पनि समेटेर संस्थामा अगाडी लिएर जाने र नेपाली समुदायलाई एनआरएनए हामी सबैको हो भन्ने अनुभूति दिलाउन मन रहेको उनले बताए।

हाम्रो छोटो सम्वादमा हामीले सोधेका थियौ तपाईको उमेदवारी किन भन्ने प्रश्न गर्दा – खनाल भन्छन् “अमेरिकामा सचिवमा पदमा मेरो दाबेदारी काम गरेर देखाउन लागी नै हो यदि म सचिव पदमा निर्वाचित हुनसकें भने एनआरएनएको गतिविधिलाई चुस्त-दुरुस्त राख्न लागिपर्ने छु र समग्र एनआरएनएमा अब युवा तथा विद्यार्थीहरुको सहभागिता उल्लेख्य रुपमा बृद्धि गराउदै लानुपर्छ भन्ने कुराको आवाज बन्ने छु। त्यसैले म काम गर्नको लागि नै सचिव पद रोजेको हुँ- खनाल दाबी गर्छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित