सर्वाङ्गीण कृषि सहकारी संस्थाको २५ औ साधारण सभा तथा रजत महोत्सव सम्पन्न

अमृता सुनार/नवलपरासी ,२३ कात्तिक

सर्वाङ्गीण कृषि सहकारी संस्था लि.को २५ औ साधारण सभा तथा रजत महोत्सव प्रगति बाल उद्यान सुनवल १ सोमनाथमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खगराज उपाध्यायको अध्यक्षता एवम सुनवल नगरपालिका वडा नं ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

वि.स २०६६ साल श्रावण २० गते स्थापना भएको संस्थामा हाल २६ सय ९ जना शेयर सदस्य रहेका छन भने सस्थाको कुल पुजी ३३ करोड ६८ लाख ६१ हजार १ सय ४६ रहेको सस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष खगराज उपाध्यायले वार्षिक प्रगति तथा कार्ययोजना प्रतिवेदन प्रस्तुत गर्दै कृषि क्षेत्रको विकासका लागि लगानी बृद्धि गर्दै कृषि कार्यक्रमलाई बढावा दिन थालिएको बताउनुभयो ।

यस्तै सहकारीले आव २०८१/०८२ मा ५८ लाख १ हजार ८ सय ४४ रुपैयाँ कुल मुनाफा आर्जन गरेको कोषाध्यक्ष हरि प्रसाद चापागाईले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा जनाइएको छ ।

कार्यक्रममा विभिन्न सुझाव सहित लेखा सुपरीवेक्षण समितिको तर्फबाट लेखा संयोजक सुवर्णराज उपाध्यायले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाईले वर्तमान परिवेशषमा सहकारीमा भएको तरलतालाई व्यवस्थापन गरि व्यवसाय तिर उन्मुख भई सदस्यहरुको आर्थिक विकास र सिपमुलक कार्यक्रम को योजना बनाई अगाडि बढ्नु पर्ने विचार राख्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष रुद्रनाथ लामिछानेको स्वागत मन्तव्य रहेको कार्यक्रममा शेयर सदस्य महिलाको तर्फबाट गोमा आचार्य, सुनवल सामुदायिक सहकारीका अध्यक्ष गोविन्द ढकाल, संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार संयोजक जित बहादुर पौडेल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई नगद तथा प्रमाणपत्र द्धारा सम्मान गरीएको कार्यक्रम संचालक तथा संस्थाका सचिव कृष्ण प्रसाद अर्यालले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot