आरपि उपाध्याय / त्रिवेणी ,२३ कार्तिक छिमेकी मित्र राष्ट्र भारत बिहारको विधान सभा निर्वाचनलाई लक्षित गरि नेपाल भारत अन्तर्राष्ट्रिय सिमा आइतबारदेखि बन्द गरिएको छ। पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ स्थित गण्डक ब्यारेज नाका बन्द गरिएको हो। आइतबार बिहान ७ बजेदेखि ब्यारेज नाकाबाट आवतजावत बन्द गरिएको छ भने नेपालबाट भारततर्फ जाने भारतीय मतदाताहरुलाई आधार कार्डको निरीक्षण गरि सिमा पार जान दिइएको पनि सिमा क्षेत्रमा कार्यरत नेपाली सुरक्षा अधिकारीले जानकारी दिएका छन। भारत बिहारको विधान सभा निर्वाचनलाई लक्षित गरि पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ र आसपासका इलाकाहरुमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। सुरक्षा व्यवस्था कडा गर्न सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बोर्डर आउट पोस्ट र भारतीय अर्ध सैनिक बल एस.एस.बि. सुरक्षा निकायले आइतबार साझ गण्डक ब्यारेज नाकामा संयुक्त रुपमा गस्ती गरेका हुन। भारत बिहारको निर्वाचन प्रयोजनका लागि बन्द गरिएको सिमा नाकामा कुनै पनि घुसपैठी र अप्रीय घटना हुन नदिन दुबै पक्षका सुरक्षा निकाय चनाखो भएको पनि बताइएको छ। गण्डक ब्यारेज नाकामा भएको संयुक्त गस्तीमा सशस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्म अन्तर्गत त्रिवेणी बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक कुल बहादुर खडकाको कमान्डमा ९ जना सुरक्षाकर्मी र भारतीय अर्ध सैनिक बल एस.एस.बि. बाल्मिकी नगरका इन्सपेक्टर लोकेस प्रसाद बनियाको नेतृत्वमा ७ जना सुरक्षाकर्मीको उपस्थिति रहेकोे थियो। त्यसैगरी जिल्ला प्रशासन कार्यालय नवलपरासी (ब.स.पु.) ले एक सुचना प्रकाशित गरि मित्र राष्ट्र भारत बिहार राज्यमा निर्वाचन हुने भएकोले शान्ति,सुरक्षा, व्यवस्थाको लागि कार्तिक २२ गतेदेखि नै कार्तिक २५ गते साझ ६ बजेसम्म नेपाल भारत सिमानामा आकस्मिक सेवा बाहेक आवगमन पुर्ण रुपमा बन्द गरिएको बताइएको छ। प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले जारी गर्नुभएको सुचनामा भारत बिहार पश्चिमी चम्पारणका अधिकारीको अनुरोध भए बमोजिम निर्वाचन प्रयोजनका लागि सिमा नाकामा आवगमन बन्द गरिएको जनाइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।