पुर्वी नवलपरासीले विनयी त्रिवेणी वडा न.६ र ७ को प्रमुख बजारहरुमा अनुगमन

आरपि उपाध्याय / नवलपुर,२२ कार्तिक

जिल्ला प्रशासन कार्यालय पुर्वी नवलपरासीले विनयी त्रिवेणी वडा न.६ र ७ को प्रमुख बजारहरुमा अनुगमन निरीक्षण कार्य गरेको छ।
विनयी त्रिवेणी ६ र ७ का बजारहरुमा अखाद्य वस्तुहरु बिक्रीवितरण साथै कानुनी प्रक्रिया बेगर खुलेका पसलहरुलाई गोप्य सुचनाका अधारमा अनुगमन निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले जानकारी दिनुभयो।


अनुगमन टोलीले त्रिवेणी बजार र गण्डक ब्यारेज नाकामा रहेका पसलहरुको दर्ता नवीकरण भए नभएको बारे पनि जानकारी लिएको थियो।
त्रिवेणी बजार र गण्डक ब्यारेज नाकामा रहेका एक दर्जन पसलहरुको निरीक्षण गरिएको थियो भने अनुगमन टोलीले बिक्रीका लागि राखिएका मिठाई,माछा, मासुको पसल पनि निरीक्षण गरेको जानकारी प्राप्त भएको छ।
जिल्ला मुख्यालय कावासोतीदेखी करिब १ सय किलोमिटरको दुरीमा रहेको त्रिवेणी बजार प्रशासनिक दृष्टि कम परेको जनगुनासो अनुसार अनुगमन गरिएको र अनुगमन कार्यमा देखिएका कमी कमजोरीलाई १५ दिनभित्र सुधार गर्न पनि टोली प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो।
अनुगमन टोली त्रिवेणी र ब्यारेज पुलको बजारमा पुग्दा केही पसलेहरुले आफ्नो पसलको सटर बन्द गरि भागेको दृश्य पनि देखिएको थियो।
अनुगमन टोलीमा पर्यटन तथा उद्योग वाणिज्य कार्यालयका अधिकृत निर्मल राज बराल,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका स्थानीय अधिकृत र पत्रकार सहितको उपस्थितिमा अनुगमन कार्य भएको थियो।


सहायक प्रमुख जिल्ला अधिकारी शर्माले गण्डक ब्यारेज पुलमा रहेकोे त्रिवेणी भन्सार कार्यालयको यात्रु शाखामा गइ निरीक्षण गरि केही जानकारी लिनुभएको जानकारी प्राप्त भएको छ।
अनुगमन र छड्के निरीक्षण पछि स.प्र.जि.अ. शर्माले हाम्रा वरिष्ठ संवाददाता आर.पि.उपाध्याय संग संक्षिप्त कुराकानी गर्दै अनुगमन कार्यमा देखिएका कमीकमजोरीलाई सुधार गरि गैरकानुनी रुपमा सञ्चालन गरिएको पसललाई विधि र प्रक्रिया अनुसार दर्ता गरि राज्यको करको दायरामा आउन सुझाव दिइएको पनि बताउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot