मदार बाबा मजार संरक्षण संस्थाको साधारणसभा तथा अधिवेशन सम्पन्न

आरपि उपाध्याय / त्रिवेणी ,२२ कार्तिक

मदार बाबा मजार संरक्षण संस्था विनयी त्रिवेणी ६ को छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ।

संस्थाका वरिष्ठ उपाध्यक्ष अफ्ताफ अन्सारीको अध्यक्षतामा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ७ का वडा अध्यक्ष उमेश कार्कीले धार्मिक उद्देश्य प्राप्तिको लागि स्थापना भएको संस्थाहरुले धार्मिक गतिविधिका साथै सामाजिक परिवेशलाई पनि ध्यान दिनुपर्ने बताउनु भयो।


कार्यक्रममा गजग्रहा रेन्ज पोस्टका सिनियर गेम स्काउट अजय कुमार झाले जल,जमिन,जङ्गल र जनावरको रक्षा गर्नु हामी सबैको परम कर्तव्य रहेको विचार व्यक्त गर्नुभएको थियो।
सो अवसरमा संस्थाका सचिव सम्सुल होदा ले आर्थिक वर्ष २०८०/८१ को कुल ३१ लाख ५७ हजार ८ सय ४२ को बजेट सार्वजनिक गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष जमालुद्दिन अन्सारी,नेपाली काङ्ग्रेस विनयी त्रिवेणी ६ का वडा सभापति वीर बहादुर ठकुरी,मुस्लिम धर्म गुरु शमशेर मौलाना,वडा न.७ की महिला सदस्य शोभा क्षेत्री,सञ्चारकर्मी आर.पि. उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम सञ्चालक प्रकाश कुवरले जानकारी दिनुभयो।


सम्पन्न अधिवेशनले जमालुद्दिन अन्सारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot