उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीमा नयाँ नेतृत्व, योगदानकर्ताहरू सम्मानित

राष्ट्रिय दैनिक /नवलपरासी , २२ कात्तिक।

उपभोक्ता अधिकार, जनचेतना अभिवृद्धि र सुशासन प्रवर्द्धनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने निकाय तथा व्यक्तिहरूलाई उपभोक्ता हित संरक्षण मञ्च नेपाल, जिल्ला शाखा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले सम्मान गरेको छ।

मञ्चको पाँचौँ जिल्ला अधिवेशन तथा साधारण सभाको अवसरमा शुक्रबार बर्दघाट नगरपालिकासहित उपभोक्ता अधिकारका क्षेत्रमा सक्रिय विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो।

मञ्चका जिल्ला अध्यक्ष भोजराज बराकोटीका अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये उपभोक्ता अधिकार संरक्षण र बजार व्यवस्थापनमा उत्कृष्ट योगदान पु¥याएको भन्दै **बर्दघाट नगरपालिकालाई ‘उत्कृष्ट स्थानीय तह’**का रूपमा सम्मान गरिएको हो।

मञ्चका निवर्तमान केन्द्रीय सदस्य रामजी ज्ञवालीले बर्दघाट नगरपालिकाले उपभोक्ता शिक्षा, बजार अनुगमन र स्वच्छ बजार निर्माणका लागि उल्लेखनीय बजेट विनियोजन गरी प्रभावकारी रूपमा कार्यान्वयन गरेको बताउनुभयो। सम्मानपत्र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उपाध्यायले ग्रहण गर्नुभयो।

त्यस्तै, जिल्लाका सात वटै पालिकामा गठन भएका मञ्चहरूमध्ये उत्कृष्ट बनेको बर्दघाट नगर उपभोक्ता हित संरक्षण मञ्चलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो।

उपभोक्ता अधिकार अभियानमा निरन्तर सक्रिय रहँदै आएको योगदानका लागि मञ्चका संस्थापक जिल्ला अध्यक्ष एवं निवर्तमान केन्द्रीय सदस्य रामजी ज्ञवाली, संस्थाका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सचिव सरस्वती शर्मा र पूर्व अध्यक्ष रामचन्द्र पौडेललाई पनि सम्मान गरिएको थियो।

सम्मानपत्र मञ्चका अध्यक्ष बराकोटी, जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) र मञ्चकी केन्द्रीय सचिव सरस्वती शर्माले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो।

उपभोक्ता हित संरक्षण मञ्च नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) शाखाको पाँचौँ जिल्ला अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ।
भोजराज बराकोटी अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँ यसअघि उपाध्यक्ष एवं कार्यबाहक अध्यक्ष रहनुभएको थियो।

उपाध्यक्षमा मोहन पौडेल, सचिवमा ध्रुवराज ज्ञवाली, कोषाध्यक्षमा राधा अर्याल, सदस्यमा हुमनाथ आचार्य, शम्भु उपाध्याय, राजु देवान, ठगिश्वर पोखरेल, कुस्माखर ढकाल (कृष्ण) र पुष्पा चौधरी निर्वाचित हुनुभएको छ।

साधारणसभाले सचिव मोहन पौडेलले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ध्रुवराज ज्ञवालीको आर्थिक प्रतिवेदन छलफलसहित सर्वसम्मत पारित गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल), मञ्चकी केन्द्रीय सचिव सरस्वती शर्मा, बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ, उपमेयर रुद्रप्रकाश उपाध्याय, रामग्राम नगर उपमेयर सम्झना चौधरी, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, स्वास्थ्य कार्यालय प्रमुख भेषराज शर्मा, उद्योग वाणिज्य संघ नवलपरासी अध्यक्ष ओमप्रकाश अग्रहरी, बार एसोसिएसन जिल्ला अध्यक्ष रामकृष्ण पौडेल, र पत्रकार महासंघ नवलपरासी अध्यक्ष केशव पराजुलीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष भोजराज बराकोटीले गर्नुभएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot