काठमाडौं / १२ फाल्गुन
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जनताको जित भएको बताउनु भएको छ ।
सर्वोच्च अदालतले सरकारको संसद बिघटनको निर्णय बदर गरेसंगै संसद पुनः स्थापनको पक्षमा फैसला सुनाएको भन्दै खुसियालीमा नेपाल कमनिस्ट पार्टी (प्रचण्ड माधव समुह) पाल्हिनन्दन गाउपालिकाले दीप प्रज्ज्वलन गरेका हुन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापन फैसला गरेको खुसीयालीमा नेपाल कमनिस्ट पार्टी ( प्रचण्ड माधव समुह ) पाल्हिनन्दन गाउपालिकाले महेशपुरको सहिद चाेकमा दिप प्रचलन गरिएको छ ।
सर्वोच्च अदालतले जनता र संविधान हितमा फैसला सुनाएको पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता( दिपक)ले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिले गरेको असंवैधानिक कदमलाई रोकेर जनताको पक्षमा फैसला भएको र संविधानको रक्षा भएको भन्दै अदालतको फैसलाको स्वागत गरेका गरेका हुन ।
दीप प्रज्वलन कार्यक्रममा नेपाल नेपाल कम्युनिष्ट पार्टी( नेकपा) पाल्हिनदन गाउपालिका समितीका अध्यक्ष ध्रुप नारायण बानियाँ लगायत विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

