आरपि उपाध्याय / नवलपरासी ,१९ कार्तिक श्री हरि आध्यात्मिक प्रतिष्ठान सुनवलको आयोजनामा सञ्चालन भएको चतुर्मास सत्संग एवं श्री महाभारत कथा प्रवचन कार्यक्रम राधाकृष्ण मन्दिर त्रिवेणीमा बुधबार एक कार्यक्रमका साथ सम्पन्न भएको छ। ऎतिहासिक गितामाता मन्दिर निर्माणार्थ आयोजना गरिएको महाभारत कथा प्रवचन कार्यक्रम सञ्चालन गरि गितामाता मन्दिर निर्माण कार्यमा ७ सय कर्ताको सहयोगद्वारा सम्पन्न गरिने निर्माण कार्यका लागि हालसम्म ११५ कर्ता तयार भइसकेको र थप कर्ताहरुलाई आउदो चैत्र मसान्तसम्म सहयोगका लागि आग्रह गरिएको जानकारी गराइएको छ। महाभारत कथा प्रवचन समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका वि.त्रि. ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले गितामाता मन्दिर निर्माणका लागि आफ्नो शक्ति र भक्ती अनुसार दान गरेर त्रिवेणी धामको महिमा बढाउन सम्पुर्ण भक्तजनलाई आग्रह गर्दै उहाँले त्रिवेणी धामलाई पहिचान सहितको तीर्थस्थल बनाएर अगाडि बढ्न सबै पक्षको सक्रिय सहयोग हुनुपर्ने कुरामाथी जोड दिनुभयो। सो अवसरमा राधाकृष्ण मन्दिर त्रिवेणीका उत्तराधिकारी स्वामी ध्रुवशरण ढुंगानाले गितामाता मन्दिर निर्माण कार्यमा लागेर सामुहिक कामनालाई पूरा गर्नुपर्ने विचार राख्दै ढुंगानाले मन्दिर निर्माण गरेर सामुहिक प्रतिबद्धतालाई पूरा गर्नु हामी सबैको जिम्मेवारी तथा कर्तव्य रहने जिकिर गर्नुभयो। समापन समारोहको अवसरमा कार्यक्रमका संकल्प कर्ता समेत रहनु भएका सभा अध्यक्ष नारायण प्रसाद पाण्डेले चार महिनासम्म चलेको श्रीमद भागवत कथा परायणले सम्पुर्ण मानवको कल्याण हुने बताउदै गितामाता मन्दिर निर्माणबाट त्रिवेणीको गरिमा र महिमा अझ बढ्ने विचार राख्नुभएको थियो। कार्यक्रममा धार्मिक व्यक्तितब मोतीलाल उपाध्याय,वीर बहादुर ठकुरी,रम्भा सिंह लगायतले आफ्नो धारणा राख्नुभएको कार्यक्रम सञ्चालक चुरामणी पाण्डेले जानकारी दिनुभएको छ। सत्संग कार्यक्रम अन्तर्गत हरिबोधनी एकादशी पर्वको अवसरमा त्रिवेणी स्थित नारायणी नदीको किनारमा एक करोड दीप प्रज्वलित पनि गरिएको थियो। उक्त कार्यक्रम अन्तर्गत कार्तिक ९ गतेदेखि १४ गतेसम्म अन्तर्राष्ट्रिय ख्याति प्राप्त ११ वर्षिय बालिका अनुराधा पाण्डेले भक्तिमय संगीतका साथ कथा प्रवचन गर्नुभएको बताइएको छ । ऎतिहासिक गितामाता मन्दिर निर्माणको लागि विनयी त्रिवेणी ६ मा जग्गाको प्रबन्ध मिलाइएको छ भने आउदो मंसिर १२ गते एक कार्यक्रमका बिच शिलान्यास गरिने पनि आयोजकले जानकारी दिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।