खुट्टा मालिस भिडियो विवादमा परेपछि….सप्तरीको गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी पदबाट राजीनामा

सप्तरी ,१८ कार्तिक

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले पदबाट राजीनामा दिएका छन्। उनी सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद भिडियोपछि विवादमा परेका थिए।

भाइरल भिडियोमा अध्यक्ष चौधरी उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा बसेर वडाध्यक्षबाट खुट्टामा मालिस गराइरहेको दृश्य देखिएको थियो।

चौधरीले उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै ५ असोजमा आफ्नो राजीनामा पत्र बुझाएका थिए। सोही दिन गाउँ सभा समेत बसेको थियो। राजीनामा पत्रमा उनले उल्लेख गरेका छन् कि पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस भएकाले पदमा निरन्तर कार्य गर्न असमर्थ भएको महसुस गरेकाले स्वेच्छाले राजीनामा दिएको हो।

राजीनामा पत्रमा लेखिएको छ:

> “म दिनानाथ चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको अध्यक्ष पदमा कार्यरत रही आएकोमा विभिन्न कारणवश सो पदमा निरन्तर कार्य गर्न असमर्थ भएको छु। गाउँपालिका अध्यक्षको हैसियतले पाएको अनुभवलाई म जीवनको महत्त्वपूर्ण उपलब्धि ठान्दछु। भविष्यमा पनि समाज र गाउँको सेवामा आफूलाई निरन्तर समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मेरो यो राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाए दिनु अनुरोध गर्दछु।”

आज बसेको कार्यपालिका बैठकले उनका राजीनामा स्वीकृत गरेको पालिका उपाध्यक्ष कल्पना चौधरीले जानकारी दिइन्।

ध्यानयोग्य कुरा, चौधरी एमालेबाट निर्वाचित थिए भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्। विवादका कारण ५ असोजमा मात्र पालिकाको गाउँसभा हुन सक्यो।

यो घटनाले सामाजिक सञ्जाल र स्थानीय राजनीतिक चर्चामा तीव्र ध्यान खिचेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot