बर्दघाटले स्वास्थ्यलाई बनायो प्राथमिकता, नगरवासीलाई निःशुल्क उपचार सुविधा

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ कार्तिक

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्य सेवामा अभूतपूर्व पहल गर्दै नगरवासीका लागि निःशुल्क उपचारका विविध कार्यक्रम सञ्चालन गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरपालिकाले मोतियाबिन्दु भएका नागरिकका लागि निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालनमा ल्याएको हो।

परासीस्थित बिनोद–निता कंडेल आँखा अस्पतालमार्फत सञ्चालन हुने उक्त कार्यक्रममा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै, रक्तदान तथा डायलासिस बिरामीका लागि निःशुल्क रगत र यातायात सुविधा उपलब्ध गराउन थप २–२ लाख रुपैयाँ छुट्याइएको नगरपालिकाले जनाएको छ।

गत वर्ष १७८ जनाले निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा लिएका थिए। यसैगरी, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अनुसार डायलासिस गर्नुपर्ने २४ बिरामीले बर्दघाट नगरपालिकाको निःशुल्क यातायात सेवा उपयोग गरेका छन्।

नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार, यी कार्यक्रमहरूले नगरबासीका लागि स्वास्थ्य पहुँच सहज र किफायती बनाउन ठुलो भूमिका खेलेका छन्।
“हामीले स्वास्थ्यलाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेका छौं। बिपन्न नागरिकलाई राहत पुर्‍याउने र कसैलाई उपचारबाट वञ्चित हुन नदिने उद्देश्यले यी कार्यक्रमहरू अघि बढाएका हौं,” मेयर श्रेष्ठले बताउनुभयो।

नगरपालिकाले यस वर्ष थप स्वास्थ्य सेवा विस्तारका लागि पनि तयारी गरिरहेको छ। आगामी योजनामा दन्त उपचार, महिला स्वास्थ्य जाँच र मानसिक स्वास्थ्य सचेतना कार्यक्रमसमेत समावेश गर्ने लक्ष्य नगरपालिकाले लिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot