Rashtriya Dainik

भारतीय गेडबाट मालवाहक सवारीसाधन आउजाउ , सर्वसाधारण जन्तालाई राेकछेक

बिनोद निगम / महेशपुर , १२ फागुन

पश्चिम नवलपरासीको महेशपुर -ठूठीबारी सिमावर्ती क्षेत्रमा नेपालीहरुकाे भिडभाट बढेको छ। महेशपुर,बेलहिया,सुनौली-नाकाहरू बाट ओहोरदोहोर गर्नेको अहिले पनि घुइँचो छ ।

सीमावर्ती भारतीय बजारमा किनमेल गर्ने, एकअर्को मुलुकमा रोजगारीका लागि जानेको संख्या बढेको छ । तर नाकाबाट मालवाहक बाहेकका सवारीसाधनलाई आउजाउमा रोक कायमै छ । यसले भारतीयमा निर्भर नेपालका पर्यटन क्षेत्र ठप्प छ ।

नाका सहज तुल्याउन पर्यटन व्यवसायीले एक महिनादेखि सरकारी निकायमा ज्ञापन बुझाए पनि सुनुवाइ भएको छैन । सरकारले गत माघ दोस्रो सातादेखि भारत र चीनतर्फका ३० वटा सीमा नाका खुलाउने निर्णय गरेको थियो । उक्त निर्णयले उत्साहित व्यवसायी नाकामा झन् निगरानी बढाइएपछि निराश छन् । पैदल आउजाउ खुले पनि पर्यटक आउने वातावरण नबनेपछि पर्यटन व्यवसायीले नाका खुलेको अनुभूति गर्न पाएका छैनन् ।

अहिले अध्यागमन कार्यालय रहेका प्रमुख नाकाबाट विदेशी पर्यटक आउन पाएका छैनन् । आफ्नो परिवार र साथीभाइसँग आफ्नै गाडी लिएर भारतीयले पहिलाको जस्तै मुलुक भ्रमणमा आउन पाएका छैनन् । यसले नेपालका धेरै होटल र रेस्टुराँ व्यवसायी धारासायी हुने अवस्थामा पुगेका छन् । ‘सीमा नाका खुलेको भनिए पनि वास्तवमा हामी पर्यटन व्यवसायीका निम्ति खुलेको छैन । सहजै आवतजावत गर्ने वातावरण सिमानामा छैन । र पर्यटकका लागि वाहन ल्याउने अनुमति नभएपछि भारतीय आउन नचाहेको उनले बताए ।

सरकारले नाका खुलाएको बताए पनि यहाँबाट मुलुक प्रवेश पाउन ७२ घण्टाभित्र कोरोनाको पीसीआर परीक्षण गरिएको रिपोर्ट र १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान यथावत् छ । तर औद्योगिक र व्यापारिक प्रयोजनका लागि भारतका विभिन्न स्थानबाट महेशपुर,बेलहिया,सुनौलीका नाकाहरू बाट दैनिक सयौं मालवाहक भारतीय गाडी र गाडीका स्टाफ, कामदार, सर्वसाधारण भने बिनापरीक्षण आइरहेका छन् । कोरोनाका कारण नाका सिल गरिएपछि थला परेको नेपालको ब्यापार,पर्यटन क्षेत्र अहिले पनि उस्तै अवस्थामा छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित