Rashtriya Dainik

संकटकाल लगाउने प्रधानमन्त्री ओलीको तयारी !

सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेसँगै नेपाली राजनीतिले फेरि नयाँ दृश्य देखाएको छ । यसैबेला, मुद्धा हारेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब कस्तो कदम चाल्छन् भन्ने सर्वत्र चाँसोको बिषय बनेको छ । 

यता, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल लागे एक महिनामा नै फिर्ता हुने बताएका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘लाग्दैन संकटकाल, लागे पनि एक महिनामा फिर्ता हुन्छ ।’

संसद पुनर्स्थापना भयो भने आन्दोलन गर्छौं भनेर प्रधानमन्त्रीले भन्नु पराजित मानसिकताको उपज भएको प्रचण्डले बताए । यसबाट उनले गलत गरेका रैछन् भन्ने सावित भइसकेको प्रचण्डको भनाइ छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि देशले निकास पाउने उनको दावी छ । जनताको तर्फबाटको ब्याटल प्रधानमन्त्री ओलीले हारेको अध्यक्ष प्रचण्डले बताए ।

नेकपा प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई पार्टीले साधारण सदस्यबाटसमेत निकालिसकेकोले नेकपा भन्ने अधिकार नरहेको बताए ।

उनले संसद पुनर्स्थापना पछि कसलाई प्रधानमन्त्री बनाउने भन्ने बारेमा खुल्ला छलफल हुने बताए । यसैबीच, ओलीले अब देशमा संकटकाल लगाउने सम्भावना रहेको र विकल्पका रुपमा यसलाई प्रयोग गर्ने नेकपाका प्रचण्ड–माधव समूहका नेताहरुको शंका छ ।

प्रचण्ड र नेपाल आफ्नो समूहले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा वुधबार आयोजना गरेकोे सभालाई सम्बोधन गर्नका लागि मंगलबार चितवन आएका हुन् ।

यस्तो छ माधव कुमार नेपालको भनाईः 

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको छ । संविधानका प्रावधानलाई मिचेर केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन प्रतिगमनकारी थियो । सम्मानित सर्वोच्च अदालतले संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु । सम्पूर्ण नेपाली जनता, आन्दोलनमा उत्रेका राजनीतिक दलहरु, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित