काठमाडौँ, कार्तिक १४ अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि शुल्क तिर्नुपर्ने भएको छ। सरकारले छापाखाना र प्रकाशनसम्बन्धी नियमावली संशोधन गर्दै सञ्चारमाध्यम दर्ता र नवीकरणमा शुल्क लाग्ने व्यवस्था लागू गरेको हो। संशोधित नियमावलीअनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि पाँच हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्ने र हरेक आर्थिक वर्षमा नवीकरण गर्दा प्रत्येक पटक दुई हजार पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्ने प्रावधान गरिएको छ। यसअघि पत्रपत्रिका लगायतका सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता हुने व्यवस्था थियो। अब भने ती सबैलाई सूचना तथा प्रसारण विभागमार्फत दर्ता र नियमन गरिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली कार्यान्वयनमा ल्याएको जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।