जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन

भैरहवा, १३ कात्तिक । नेकपा (एमाले) निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ।

भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि भएको विरोध प्रदर्शनका क्रममा उनले मञ्चमै भाषण दिँदै बेहोस भएपछि निधन भएको हो।

विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोग गरेको भन्दै बुटवल–भैरहवा औद्योगिक करिडोरका करिब १० उद्योगमा विद्युत् लाइन काटेको विरोधमा उद्योगी र मजदुरहरूले संयुक्त रूपमा प्रदर्शन गरिरहेका थिए। सोही कार्यक्रममा मजदुर पक्षबाट भाषण गरिरहेका गौतम अचानक ढलेका थिए।

उनीलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालका अनुसार ६५ वर्षीय गौतमको मृत्यु हृदयघातका कारण भएको हो।

बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका स्थायी बासिन्दा गौतम नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत हुन्।
२०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय उनी दुई छोरा र एक श्रीमतीसहितको परिवारमा थिए।

उनको असामयिक निधनले पार्टी र मजदुर आन्दोलन दुवै क्षेत्रमा गहिरो क्षति पुगेको नेताहरूले जनाएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot