Rashtriya Dainik

परासीमा अत्याधुनिक सिटी स्क्यान सेवा विस्तार

राष्ट्रिय दैनिक /नवलपरासी ,१३ कार्तिक

अब परासीका बिरामीलाई सिटी स्क्यानका लागि टाढा बुटवल, भैरहवा वा काठमाडौं जानुपर्ने बाध्यता हट्ने भएको छ। रुपन्देही सिटी एण्ड डायग्नोसिस सेन्टर प्रा.लि. ले अत्याधुनिक प्रविधियुक्त सिटी स्क्यान सेवा परासीमै विस्तार गरेको छ।

रामग्राम नगरपालिका–५, घण्टाघर चोक, परासीस्थित केन्द्रका सञ्चालक दिपु के.सी. का अनुसार स्थानीय बिरामीलाई घरआँगनमै सहज सेवा उपलब्ध गराउने उद्देश्यले यो सेवा सञ्चालन गरिएको हो।

उनका अनुसार “अब सामान्यदेखि जटिल सबै प्रकारका सिटी स्क्यान परीक्षण परासीमै सम्भव छ। यसले समय र यातायात खर्च दुबै बचत हुनेछ।”

केन्द्रले विशेषगरी होलबडी सिटी स्क्यान, एन्ट एन्जियोग्राम, त्रिपल फेज लिभर स्क्यान (थ्रीडी), कलर डप्लर स्क्यान लगायतका आधुनिक सेवा प्रदान गर्दै आएको छ। साथै क्यान्सर स्क्रिनिङ समेत यस सेन्टरको विशेषता रहेको सञ्चालक के.सी.ले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित