हृदयेश त्रिपाठी प्रमुख अतिथि बनेका सरावल–७ को उद्घाटनमा पालिका अध्यक्ष–उपाध्यक्ष अनुपस्थित

वडाध्यक्षले विना सल्लाह अतिथि बोलाएको भन्दै गाउँपालिका नेतृत्वले देखायो असन्तुष्टि

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ कार्तिक

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्व मन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा कार्यक्रम सम्पन्न भए पनि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष अनुपस्थित रहे ।

वडाको पुर्जा ल्याउनेदेखि बजेट विनियोजन र भवन निर्माणसम्म गाउँपालिकाको महत्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष सुखाडी प्रसाद चौधरी र उपाध्यक्ष बासमती हरिजनले वडाध्यक्ष हेयात खाँ धुनियाले विना सल्लाह प्रमुख अतिथि बोलाएकोमा असन्तुष्टि जनाएका थिए ।

दुवै जनप्रतिनिधि बिहानको पूजापाठमा उपस्थित भए पनि औपचारिक मञ्चीय कार्यक्रममा भने सहभागी भएनन् । मञ्चीय कार्यक्रम सुरु भएपछि उनीहरू कार्यक्रम स्थलमै अनुपस्थित रहेको स्थानीयहरूले बताएका छन् ।

वडाध्यक्ष धुनियाले भने प्रमुख अतिथि पूर्व मन्त्री त्रिपाठीलाई आफ्नै पहलमा आमन्त्रण गरिएको जनाउँदै, “गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सबैलाई निमन्त्रणा गरिएको थियो। उनीहरू उपस्थित भए वा भएनन्, त्यो उनीहरूको व्यक्तिगत निर्णय हो,” भनेका छन् ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा वडाबासीको उल्लेखनीय सहभागिता रहेको थियो । तर गाउँपालिका नेतृत्व अनुपस्थित हुँदा कार्यक्रम केही खल्लो महसुस भएको सहभागीहरूको प्रतिक्रिया थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot