गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकार निर्मम रूपमा लागिरहेको छ : मन्त्री खेम सारु

राष्ट्रिय दैनिक /नवलपरासी), कात्तिक १२ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले प्रदेशभरका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निर्मम र दृढतापूर्वक अघि बढिरहेको बताएका छन्।
उहाँका अनुसार चिकित्सकको आकर्षण कम रहेका जिल्लास्तरीय अस्पतालहरूमा पनि विशेषज्ञ चिकित्सक खटाइएपछि सेवा र जनविश्वास दुवैमा सकारात्मक सुधार आएको छ।

स्वास्थ्य कार्यालय नवलपरासीको आयोजनामा बुधबारदेखि भूमहीमा सुरु भएको आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री सारुले यो कुरा बताउनुभयो।

“रुपन्देहीबाहेक अन्य ठाउँ चिकित्सक र स्वास्थ्यकर्मीहरूको आकर्षणको केन्द्र बन्न सकेका छैनन्,” मन्त्री सारुले भने,

“तर हामीले निर्मम तरिकाले सुधारका कदम चालेका छौं। अहिले ती अस्पतालहरूमा नागरिकको विश्वास बढेको छ, र दैनिक बिरामीको चाप पनि उल्लेखनीय रूपमा बढेको छ।”

मन्त्री सारुले सरकारी चिकित्सकहरूले आफू कार्यरत सरकारी अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थामा अनुमति बिना सेवा दिन नपाउने व्यवस्था लागू गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार चिकित्सकले आफ्नो कार्यक्षेत्रबाहेक अन्यत्र लामो समय दिने गुनासो बढेकाले यस्तो कदम चालिएको हो।
“गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि जनशक्ति व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ,” उहाँले भन्नुभयो।

वार्षिक गोष्ठीमा जिल्लाका सातै स्थानीय तह, स्वास्थ्य कार्यालयका प्रतिनिधि र गैरसरकारी साझेदार निकायहरूले गत वर्ष सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि, चुनौती र आगामी वर्षका प्राथमिकता योजना प्रस्तुत गरे।

स्वास्थ्य कार्यालय प्रमुख अंगद बहादुर शाहीका अनुसार गोष्ठीले जिल्लाको स्वास्थ्य सेवा प्रणाली सुदृढ गर्न सहकार्य र योजना निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा लुम्बिनी प्रदेश सभा कृषि समितिका सभापति विश्वप्रेम पाठक, प्रदेश सभा सदस्य बैजनाथ कलवार र खड्ग बस्नेत, जिल्ला समन्वय समितिका प्रमुख भगवती यादव, सुनवल नगर प्रमुख बिमला अर्याललगायतले शुभकामना मन्तव्य दिएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot