तेस्रो दिनको कथा परायणमा बाल विदुषी अनुराधा पाण्डेद्वारा भगवान श्रीकृष्ण लीलाको भावपूर्ण प्रवचन

आरपि उपाध्याय / त्रिवेणी ,११ कार्तिक

श्री हरि आध्यात्मिक प्रतिष्ठान सुनवलद्वारा आयोजित सत्संग एवं कथा परायण कार्यक्रम अन्तर्गत तेस्रो दिनको कार्यक्रम राधाकृष्ण मन्दिर त्रिवेणी परिसरमा सम्पन्न भएको छ।

कथा परायण श्रीमद भागवत कार्यक्रम अन्तर्गत मङ्गलबार आयोजित कार्यक्रममा विश्व स्तरकै ११ वर्षीय बाल विदुषी सुश्री अनुराधा पाण्डेले भगवान श्री कृष्णको लिला सम्बन्धि कथा प्रवचन गर्नुभएको थियो।
सो अवसरमा बाल विदुषी पाण्डेले कथा वाचन गर्दै हामीहरुको परम कर्तव्य भन्नू नै भगवानप्रती आस्था र भक्ति रहेकोेले भगवान श्री कृष्णको भक्तिद्वारा नै लक्ष्यमा पुग्न सकिने बताउदै उहाँले मन, कर्म र वचनले समर्पण गरेर मात्र ईश्वर प्राप्त गर्न सकिने जिकिर गर्नुभयो।
उहाँले प्रेम नभएको ज्ञान अपुर्ण हुने हुँदा प्रेमपुर्वक गरिएको भक्तिबाट नै भगवान प्राप्तिको मार्ग खुल्ने उहाँको भनाइ रहेको थियो।


सो अवसरमा मुक्तिनाथ नयाँ गाउँका पिठाधिस लोकनाथ महाराजले असल सुपुत्र र सुपुत्री जन्माउने मातापिताप्रती कृतज्ञता ज्ञापन गरेर विद्वानको सम्मान गर्नुपर्ने बताउदै उहाँले ईश्वर प्राप्तिको लागि सच्चा मन र सच्चा दान चाहिने हुँदा यो कुरा पाउन अन्तर हृदयदेखि नै ईश्वर पुकार गर्नुपर्ने धारणा राख्नुभयो।
तेस्रो दिनको कार्यक्रममा पाल्पा,रुरुका बाल सन्त विश्वानन्द सरस्वती,आचार्य नारायण कृष्ण पाण्डे लगायतले आफ्नो धारणा राख्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी वडा न.६ का पुर्व वडा अध्यक्ष प्रीतम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा साधु,सन्त,महन्त,शिक्षाप्रेमी, आमा समुहका प्रतिनिधि लगायतको सो अवसरमा उपस्थिति रहेको कार्यक्रम सञ्चालक चुरामणी पाण्डेले जानकारी दिनुभएको छ।


त्रिवेणी धाममा पवित्र गितामाता मन्दिर बनाउने उद्देश्यद्वारा आयोजना गरिएको चतुर्मास सत्संग एवं श्रीमत भागवत प्रवचन सहित दीप प्रज्वलन कार्यक्रम गरिने कार्यक्रम रहेको जानकारी गराइएको थियो।
पवित्र गितामाता मन्दिर निर्माणको लागि त्रिवेणी धाममा नै तीन कठ्ठा जमिनको प्रबन्ध गरिएको पनि आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot