कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ

अजय मिश्र /कपिलवस्तु, कार्तिक ११

सांस्कृतिक एकताको पर्व भनेर छठ पर्वको छुट्टै पहिचान छ। मैथिली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वकारुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिए पछि यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको हो।

देशका विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन हुने छ। जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले सोमवार साँझ सूर्यलाई अर्घ्य दिएका छन्

कपिलवस्तुको तौलिहवा, बहादुरगंज, महाराजगंज, लगायत जिल्लाका विभिन्न स्थानका जलाशय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन, कनसुप्ति, छिट्टा (बाँसले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए केरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।

कृष्णनगर नगरपालिका वडा नं १ स्थित पोखरीमा पनि छठ पूजा धूमधामका साथ मनाइएको छ । उक्त स्थानमा एक हप्ता देखि निरन्तर पोखरी सरसफाइको काम चलिरहेको र त्यसको कृष्णानगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह लगायत छट्ठघाट व्यवस्थापन समितका पदाधिकारी धिरेन्द्र विक्रम सिंह, विनय शर्मा, अजय गोयल, रामेश्वर गुप्ता (टिल्लु चाचा) निरन्तर अवलोकन गरेका थिए। 

छठ घाट व्यवस्थापनका लागि वडा नं २ का वडाध्यक्ष कृष्ण कुमार गुप्ताले वडाबाट पचास हजार सहयोग गरेको बताए। 

सरसफाइ गराउन लगायत अन्य व्यवस्थापनमा वडा सदस्य राहुल मोदनवालको समेत भुमिका अविस्मरणीय रहेको दियो।

उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रितेश शर्माले छठघाट व्यवस्थापनका लागि एक्काइस हजार नगद सहयोग तथा सरसफाइमा संलग्न कर्मचारीलाई खादामाला लगाई सम्मान गरि एक हजार एकसय बराबरको प्रोत्साहन स्वारूप पुरस्कार समेत दिएका थिए।

कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह,वडाध्यक्ष कृष्ण कुमार गुप्ता, तुंगनाथ चौधरी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी

पूर्व सांसद अभिषेक प्रताप शाह, पूर्व मंत्री विरेन्द्र कुमार कनोडिया, नगर उप प्रमुख आरती देवी चौधरी लगायतले श्रद्धालुहरूको सांस्कृतिक एकताको पर्व छठमा सामेल भई शुभकामना दिएका छन्।
सुरक्षा व्यवस्था राम्रो बनाउन छट्ट घाटको अवलोकन देखि पुजा स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot