Rashtriya Dainik

छठ घाट सरसफाइमा स्थानीय व्यस्त

राष्ट्रिय दैनिक / नवलपरासी १० कार्तिक

हिन्दुहरुको महान पर्व छठको अवसरमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न. ६ मा रहेको छठघाटहरू सरसफाई गरिएको हो ।

धार्मिक पर्वका रूपमा मानिने छठ घाट सरसफाइका लागि स्थानीय युवाहरूले एकजुट भएर सरसफाइ गरेका छन् । सूर्य भगवान् र छठी माताको पूजा पानीमै गरिने परम्परा भएकाले टुट्हा खोलाको किनारमा सरसफाइ , खाल्डाखुल्डी पुर्ने ,छठ घाट रङ्ग रोगन गर्ने र ठछ घाटमा झिल्मीली बत्ती लगाई बाटो समेत सजावट गरिएको युवा समाजसेवी संघर्ष जयसवाल जानकारी दिए ।

छठ पर्वका श्रद्धालु भक्तजनले सोमबार अस्ताउदो र मंगलबार उदाउदो सुर्यलाई अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा सम्पन्न हुन्छ ।
सत्य र अहिंसा प्रति मानवको रुचि बढाउने र सबै जीव प्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीको महान् चाड छठ पर्व कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिनदेखि छठ पर्व आरम्भ भई कार्तिक मास शुक्ल पक्षको षष्ठीको दिन यो पर्व हरेक साल मनाउने गरेको छ ।
सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा छठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल पञ्चमी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।
त्यसैगरी मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी,मेवा, उखु लगायतका फुलफुल पनि सुर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ ।
यो अवसरमा पुजाको लागि घर-घरमा विषेश त्यारी समेत गरिएको छ ।
अधिकांश घाटहरु छठ बाहेकको समयमा फोहोर हुने भएकाले छठ गर्नेहरु नै अधिकांश स्थानमा घाट सरसफाईमा व्यस्त हुन्छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित