Rashtriya Dainik

खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी

काठमाडौं , ९ कार्तिक २०८२

दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारलाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्री बनाउने तयारी गरेको छ । स्रोतका अनुसार उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने निश्चितजस्तै बनेका छन् ।

दैलेखको नारायण नगरपालिका–५ छातीकोटमा २०४७ जेठ २ गते जन्मिएका सुनार पछिल्लो समय काठमाडौंमा दलित अधिकारका अभियानमार्फत चर्चामा आएका छन् । उनले शरीरभरि नेल गाडी ‘दलितलाई खै ?’ शीर्षकमा अभियान सञ्चालन गरेर देशभर ध्यान आकर्षित गरेका थिए।

दलित समुदायका हकहितका सवालमा आवाज उठाउँदै आएका सुनार पछिल्ला महिनाहरूमा सामाजिक सञ्जालमा सक्रिय रहेका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित